News Portal

  • नेपाल भारत सम्बन्ध बिगार्ने नेकपाको नागरिकता सम्बन्धि निर्णय स्वीकार्य छैन : राजपा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ असार
    १३९० पटक
    भक्तपुर, ७ असार

    राष्टिय जनता पार्टी नेपालले नागरिकता प्राप्ति सम्बन्धी सत्तारुढ नेकपाको निर्णयप्रति विरोध जनाएको छ । आइतवार एक बिज्ञप्ति जारी गर्दै राजपाले उक्त निर्णय आफूलाई अस्वीकार्य भएको बताएको हो ।

    राजपा संघीय संसदीय दलका नेता महन्त ठाकुरको नेतृत्वमा आइतवार बसेको उक्त पार्टीका सांसदहरुको बैठकले रोटीबेटीको सम्बन्धलाई ठेस पुर्याउने निर्णय स्वीकार्य नभएको निष्कर्ष निकालेको हो । बिदेशी महिलाले नेपाली पुरुष संग बिबाह गरेको ७ वर्ष पछि मात्र नागरिकता पाउनुपर्ने नेकपाको निर्णयले नेपाल भारत सम्बन्धमा असर पार्ने उक्त दलको दावी छ ।

    ”बिबाहको सम्बन्धका आधारमा नागरिकता पाउने प्रचलित व्यवस्थाको बिपरित गरिएको यस निर्णयले नेपाल भारत बीच सदियौं देखि रहँदै आएको सामाजिक सास्कृतिक तथा बिहाबारीको सम्बन्धलाई आघात पुर्याउने निश्चितै छ ।” नेता महन्थ ठाकुर द्वारा प्रेसित बिज्ञप्तिमा भनिएको छ ।

    यस्तो निर्णयले सामाजिक सद्भावमा समेत खलल पुग्ने जिकिर गर्दै राजपा नेपालले आफ्नो निर्णय मा पुनर्विचार गर्न समेत नेकपासंग जोडदार माग गरेको छ ।

    यसैगरी राजपाका अध्यक्ष समेत रहेका नेता ठाकुरले आइतवार अर्को एक विज्ञप्तिमार्फत भारत तथा चीन विच रहेको सिमामा तनाव यो सम्पूर्ण क्षेत्रको लागि चिन्ता र चासोकोे विषय रहेको बताएका छन् ।

    दुई पक्षिय दुर्भाग्यपूर्ण झडपमा भएको जिउ धन तथा भौतिक क्षति अपूर्णिय रहेको ठहर गर्दै झडपमा ज्यान गुमाउने २० भारतिय सैनिकहरु प्रति श्रद्धाञ्जलि तथा सैनिकहरुको परिवारका सदस्यहरु संग सहानुभूतीसमेत प्रकट गरेका छन् ।

    उनले भनेका छन्,” हामी विश्वस्त तथा आशावादी छौं कि दुवै पक्षमा रहेको मतभिन्नता सकारात्मक वार्तालाप मार्फत मैत्रीपूर्ण ढङले सार्थक समाधानमा पूग्ने छ ।”

    याे पनि

    सत्तारुढ नेकपा सचिवालयको निष्कर्ष : ७ वर्षपछि मात्र बिदेशी बुहारीलाई नागरिकता

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...