News Portal

  • जिप्रका भक्तपुर बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला, भिड नगरी सेवा लिन सिडिओको अपिल

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, ८ असार
    २१७४ पटक
    भक्तपुर, ८ असार

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले दैनिक १० घण्टा कार्यालय खुला गरेको छ । असार १ गतेदेखि नै कार्यालय दैनिक १० घण्टा खुला रहेको हो ।

    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सेवाग्राहीको भिड व्यवस्थापनका लागि कार्यालय २ सिफ्टमा संचालन गरिएको छ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १ बजेसम्म र दोश्रो सिफ्ट दिउँसो १ बजेदेखि बेलुकी छ बजेसम्म गरी २ सिफ्टमा सेवाग्राहीहरुलाई सेवा दिइरहेको उनको भनाइ छ ।

    नागरिकता सम्बन्धी सेवा बिहानी सिफ्टमा संचालन भैरहेको छ भने राहदानी सम्बन्धी सेवा दिवा सिफ्टमा संचालन भैरहेको जिप्रकाले जनाएको छ । त्यसैगरी नाबालक परिचय पत्र र लेखा सम्बन्धी कार्य बिहानी सिफ्टमा संचालन भैरहेको छ भने सवारी पास, संघसस्था र मुद्दामामिलाका कार्यहरु दिवा सिफ्टमा संचालन भैरहेको बताइएको छ ।

    भक्तपुर पोस्टसंग कुरा गर्दै प्रजिअ पाण्डेले कार्यलयमा स्वास्थ्य सुरक्षाको लागि हात धुन साबुनपानी र स्यानिटाइजरको व्यवस्था मिलाइएको बताइन् । सेवाग्राहीले समेत सचेत भएर सामाजिक दुरी कायम राख्दै सेवा लिनुपर्ने उनको भनाइ छ । भक्तपुर पोस्ट मार्फत उनले सबै सेवाग्राहीहरुलाई भिड नगरी सिफ्ट अनुसार सेवा लिन समेत आग्रह गरेकी छन् ।

    त्यसैगरी प्रजिअ पाण्डेले जिल्लाका सबै सरकारी कार्यालय सुचारु भएको जानकारी गराएकी छन् । जिल्लास्थित सबै सरकारी कार्यालयका कार्यालय प्रमुख लगायत कर्मचारीहरु कार्यालयमा उपस्थित रहेका उनको भनाइ छ । कर्मचारी अभावका कारण कुनै पनि सरकारी सेवा नरोकिने उनले जिकिर गरिन् । ” हाम्रा सबै सरकारी कार्यालय खुलेका छन् । यद्यपी, अत्यावश्यक नभई काममा ननिस्कन सेवाग्राहीहरुलाई हामी अनुरोध गर्दछौं । यदि अत्यावस्यक सेवा पाउन नसकेको गुनासो भए हामीलाई खबर गर्नुहुन समेत सम्पूर्ण सेवाग्राहीसंग आग्रह छ ।” प्रजिअ पाण्डेले भनिन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...