News Portal

  • सूर्यविनायकको बजेट १ अर्व ४८ करोड (हेर्नुस् पूर्णपाठ)

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, ९ असार २०७७
    १६४३ पटक
    सूर्यविनायक, ९ असार २०७७

    भक्तपुरको सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु १ अर्व ४८ करोडको बजेट ल्याएको छ । सूर्यविनायकको सातौँ नगर सभाले उपप्रप्रमुख जुना बस्नेत द्वारा प्रस्तुत उक्त बजेट पारित गरेको हो । विनियोजित बजेटको चालुतर्फ रु १३ करोड ४० लाख र पूँजीगत तर्फ ८४ करोड २५ लाख ५० हजार रकम विनियोजन गरिएको छ । त्यसैगरी सामाजिक सुरक्षामा रु ९ करोड, विषयगत शाखा रु ९ करोड ४५ लाख ९१ हजार, शसर्त कार्यका लागि रु ३१ करोड ८८ लाख ५९ हजार छुट्ट्याइको छ ।

    शुक्रवार नगर प्रमुख बासुदेव थापाले प्रस्तुत गरेको १८ शिर्षक र १ सय ५५ बुँदा रहेको नीति तथा कार्यक्रमको अधिनमा रही नगर सभाका सुझावलाई समेत समेटेर बजेट प्रक्षेपण गरिएको उपप्रमुख बस्नेतले बताइन् । कोभिड १९ रोगको सन्त्रासका कारण एकातर्फ जनस्वास्थ्यमा ठूलो लगानी गर्नुपर्ने अवस्था र अर्को तर्फ नेपाल सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त हुने श्रोतको सुनिश्चितामा कमी आएको अवस्था औल्याउदै उपप्रमुख बस्नेतले आन्तरिक श्रोत समेत विगतका वर्षहरुमा जस्तो संकलन हुन सक्ने अवस्था नरहेको जिकिर गर्दै यस्तो अवस्थाका बीचमा सन्तुलन र समन्वय कायम गरी बजेट तथा कार्यक्रम तर्जुमा गर्ने कार्य विगतको अभ्यासभन्दा अलि बढि नै जटिल हुन गएको अनुभूति व्यक्त गरेकी छन् ।

    बजेटले स्वास्थ्य सेवाको क्षमता विस्तार गर्ने, उत्पादन, रोजगारी र आपूर्ति सम्वन्धलाई पूर्ववत अवस्थामा ल्याउने कुरामा जोड दिएको देखिन्छ । त्यसैगरी कृषि, शिक्षा, पर्यटन, पूर्वाधार विकास र सुशासनमा बजेटले जोड दिएको छ । पूँजीगत खर्चको ठूलो हिस्सा पूर्वाधार विकाशमा लगाइएको छ भने त्यसका लागि प्रत्येक वडामा कम्तिमा १ करोडको लगानीमा पूर्वाधार विकाशका कार्यक्रममा बजेट लगानी गरिएको छ ।

    रु ३ लाखभन्दा माथिका आयोजनाहरुमा ५ प्रतिशत रकम मर्मत संभार कोष रहने गरी योजना स्वीकृत गरिने साथै, मर्मत संभार कोषका लागि नगरपालिकाको तर्फबाट एकमुष्ट रु १ करोड थप रकम विनियोजन गरिएको छ । नगर क्षेत्रका आम नागरिकहरुबाट पूर्वाधार विकासका लागि उच्च प्राथमिकता सहित माग हुँदै आएको सन्दर्भमा नागरिकको अपनत्व र स्वामित्व वोध हुने यस्ता पूर्वाधार विकासका आयोजनाहरुमा नगद लागत साझेदारी गर्ने नीति अनुरुप ६०÷४० का आयोजनाहरुका लागि रु ६ करोड एकमुष्ट रकम विनियोजन गरिएको छ ।समपूरक लगानी अन्तर्गत थप रु १० करोड वरावरका ठुला आयोजनाको लागि बजेटमा ब्यवस्था मिलाइएको छ ।

     

    हेर्नुस् बजेटकाे पूर्णपाठ

    यस सूर्यविनायक नगरपालिकाको सातांै नगरसभाका आदरणीय सभाध्यक्ष श्री वासुदेव थापाज्यू,
    नगर सभाका सचिव श्री कमल ज्ञवालीज्यू,
    सम्पूर्ण नगरसभाका सदस्यज्यूहरु
    १. नेपाल लगायत विश्वका देशहरु एउटा अनौठो परिवेशका बीचमा उभिएको छ । कोभिड १९ रोगको संक्रमणका कारण अर्थब्यवस्थाका समग्र पक्षमा एक प्रकारको चुनौती खडा भएको छ । नेपालमा समेत दिन प्रतिदिन नोबेल कोरोना भाइरसको संक्रमण बढी रहेको विषम अवस्थामाा मैले आज सूर्यविनायक नगरपालिकाको सातौ नगर सभाको दोश्रो शत्रलाई सम्बोधन गर्दैछु । नेपाल सरकारले घोषणा गरेको बन्दा बन्दीको अवस्थामा समेत हामीले कानूनले तोकेको विधि र प्रक्रियाको पालना गर्दै आज मैले औपचारिक रुपमा यस गरिमामय नगरसभा समक्ष आर्थिक वर्ष २०७७।७८ को बजेट तथा कार्यक्रम, आर्थिक ऐन र विनियोजन विधेयक प्रस्तुत गर्दैछु ।

    २. नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट सुशासन, विकास र समृद्धि हासिल गरी स्वाधीन, समुन्नत तथा समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्ने परिकल्पना गरेको छ । संविधान कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहका सरकार क्रियाशील भई आर्थिक, सामाजिक विकास तर्फ अगाडि बढेका छन् । नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न सूर्यविनायक नगरपालिका प्रतिवद्ध छ ।

    ३. स्थानीय तह जनताको सबैभन्दा नजिकको घरदैलोको सरकार हो । जनताको चाहना र हाम्रो क्षमता बीच सन्तुलन कायम गर्दै विकासको प्रतिफललाई संस्थागत गर्दै जान सूर्यविनायक नगरपालिकाको यस सातौंगरिमामय नगरसभा समक्ष आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट प्रस्तुत गरिरहदा मैले गौरवको अनुभूति गरेको छु ।

    ४. एकात्मक शासन प्रणालीको विगतको अवस्थाबाट जनताको प्रतिनिधि मार्फत राज्य सञ्चालन गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आजको युगमा पु¥याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता, राष्ट्रिय हित एवं स्वाभिमान, लोकतन्त्र र जनजीविकाको आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु । नेपाली समाजको रुपान्तरणमा उहाँहरुले पु¥याउनु भएको योगदानको यहाँ स्मरण गर्न चाहन्छु ।

    ५. “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट खाका निर्धारण गरिएको आर्थिंक वर्र्ष २०७६÷७७ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अन्तिम चरणमा छौं । “कृषि, शिक्षा, पर्यटन र पूर्वाधारः सूर्यविनायक समृद्धिको मूल आधार” लाई मूर्तरुप दिन हामी सम्पूर्ण निर्वाचित पदाधिकारीहरुले एक मत भई सङ्कल्प गरेका  छौं ।

    ६ . आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा विगतको अभ्यासभन्दा अलि फरक अनुभूति भयो । जनताको माग र आवश्यकता बढेकोमा नगर जनस्वास्थ्यमा कोभिड १९ रोगको सन्त्रासले प्राथकिता तथा बजेटको विनियोजन गर्न चुनौती खडा भएको छ । नगर जनस्वास्थ्यमा ठुलो लगानी गर्नुपर्ने अवस्था एकतर्फ छ भने अर्को तर्फ नेपाल सरकार रबागमती प्रदेश सरकारबाट प्राप्त हुने श्रोतको सुनिश्चितामा कमी आएको छ । आन्तरिक श्रोत समेत विगतका वर्षहरुमा जस्तो न त संकलन हुन सक्ने अवस्था छ, नत थप परिचालन हुन सक्ने नै देखिन्छ । यस्तो अवस्थाका बीचमा सन्तुलन र समन्वय कायम गरी बजेट तथा कार्यक्रम तर्जुमा गर्ने कार्य विगतको अभ्यासभन्दा अलि बढि नै जटिल हुन गएको मैले अनुभूति गरेको छु ।

    ७.आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले यस गरिमामय नगरसभा समक्ष आदरणीय नगरप्रमुख तथा नगर सभाअध्यक्ष श्री वासुदेव थापाज्यूले पेश गर्नु भएको १५५ वुँदे नीति तथा कार्यक्रम, नेपालको संविधान, नेपाल सरकार र बागमती प्रदेश सरकारले पेश गरेका नीति तथा कार्यक्रम र बजेट, नेपाल सरकारको पन्धौं योजनाको स्वीकृत दस्तावेज, बागमती प्रदेश सरकारको प्रथम आवधिक योजना, दश बटै बडा समितिबाट प्राप्त सुझाव तथा नगरपालिकाका ६ वटा विषयगत समितिहरुका सुझावलाई बजेट निर्माणको आधारको रुपमा लिइएको छु । साथै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड १९ प्रकोपका बीचमा बजेट तर्जुमा गर्दा अवलम्वन गर्नुपर्ने आधारका लागि जारी गरेको नमूना कार्यविधिलाई समेत ध्यान दिएको छु ।
    आर्थिक वर्ष २०७६÷७७ को बजेट श्रोत तथा खर्च

    ८ “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय सोंच सहितको विकासका लक्ष्यहरु हाँसिल गर्न सूर्यविनायक नगरपालिकाको पाँचौ नगरसभाबाट आर्थिक वर्ष २०७६÷७७ का लागि रु १ अर्व३० करोड वार्षिक बजेट स्वीकृत गरिएकोमा चालु खर्च तर्फ रु ११ करोड २८ लाख, पूँजीगत तर्फ रु ६९ करोड २० लाख, सशर्त कार्यक्रम ३५ करोड ४३ लाख, सामाजिक सुरक्षा ८ करोड ९९ लाख र विषयगत शाखा रु ५ करोड १० लाख रकम विनियोजन भएको थियो ।

    ९. स्वीकृत वार्षिक बजेट अनुसार २०७७ साल जेष्ठ मसान्तसम्म चालु, सामजिक सुरक्षा, विषयगत शाखार सशर्त कार्यक्रम तर्फ रु ३७ करोड ८६ लाख ६४ हजार ६ सय २१ र पैसा ४० खर्च भएको छ । जुन स्वीकृत बजेटको खर्च ७७ प्रतिशत हुन्छ । २०७७ साल असार मसान्तसम्म यस्तो खर्च रु ४५ करोड १ लाख ६४ हजार ६ सय २१ र पैसा ४० खर्च हुने संशोधित अनुमान छ । जुन स्वीकृत चालु खर्चको ८२ प्रतिशत हुने संशोधित अनुमान छ ।

    १०.२०७७ साल जेष्ठ मसान्तसम्म पूँजीगत तर्फ रु ३९ करोड ५१लाख ४५ हजार २ सय ५२ खर्च भएको छ । जुन स्वीकृत पूँजीगत खर्चको ५७ दशमलव १ प्रतिशत हुन्छ । २०७७ साल असार मसान्तसम्म पूँजीगत तर्फ रु ४० करोड ५१ लाख ९३ हजार ८२७ खर्च हुने संशोधित अनुमान छ । जुन स्वीकृत पूँजीगत खर्चको११५ प्रतिशत हुने संशोधित अनुमान छ ।

    ११. आर्थिक वर्ष २०७६÷७७ मा वडागत रुपमा विनियोजन गरिएको पूँजीगत बजेटमा जेष्ठ मसान्तसम्म भौतिक प्रगति ९० प्रतिशत र नगरस्तरमा विनियोजन भएको पूँजीगत बजेटको भौतिक प्रगति ७० प्रतिशत भएको अवस्था छ । यसरी २०७७साल जेष्ठ मसान्तसम्म कूल विनियोजन भएको पूँजीगत बजेटको औषतमा भौतिक प्रगति ८० प्रतिशत भएको तथ्यांक छ ।

    १२. आर्थिक वर्ष २०७६÷७७ मा वडागत रुपमा विनियोजन गरिएको पूँजीगत बजेटमा असार मसान्तसम्म भौतिक प्रगति ९७ प्रतिशत हुने संशोधित अनुमान छ । त्यस्तै, नगरस्तरमा विनियोजन भएको पूँजीगत बजेटको भौतिक प्रगति ९० प्रतिशत हुने संशोधित अनुमान छ । यसरी २०७७ साल असार मसान्तसम्म कूल विनियोजन भएको पूँजीगत बजेटको औषतमा भौतिक प्रगति ९३.५ प्रतिशत हुने संशोधित अनुमान छ ।

    १३. आर्थिक वर्ष २०७६÷७७ को असार मसान्तसम्म कूल विनियोजित बजेटमा रु १ अर्व २५ करोड ०५ लाख ०३ हजार ७ सय र पैसा ४० खर्च हुने संशोधित अनुमान छ । जुन स्वीकृत कूल बजेटको ९६ दशमल २ प्रतिशत हुन आउदछ ।

    १४. कूल बजेटमा खर्च व्यहोर्ने श्रोतहरु मध्ये २०७७ साल जेष्ठ मसान्तसम्म नगरपालिकाको आन्तरिक राजस्व रु १६ करोड १० लाख ४३ हजार ३ सय ७८ आय प्राप्त भएको छ । जुन अनुमान गरिएको आन्तरिक राजस्वको लक्ष्यको तुलनामा १०७ दशमलव ६ प्रतिशत हुन जान्छ । घर जग्गा रजिष्ट्रेसन शुल्क रु १२ करोड ४३ लाख २५ हजार ८ सय ६० प्राप्त भएको छ । जुन लक्ष्यको तुलनामा ८२ दशमलव ९ प्रतिशत हुन जान्छ । गत वर्षको आय बचत, संघ र प्रदेशबाट प्राप्त राजस्व वाँडफाँड सहित कूल आन्तरिक श्रोतको आय जेष्ठ मसान्तसम्म रु ७४ करोड ९४ लाख ३९ हजार ६ सय ८१ र पैसा ६० प्राप्त भएको छ, जुन लक्ष्यको तुलनामा १२३ दशमल ७ प्रतिशत हुन आउछ । यसरी जेष्ठ मसान्तसम्म लक्ष्यको तुलनामा २३ दशमलव ७ प्रतिशत बढि आय गर्न नगरपालिका सफल भएको छ । असार मसान्त सम्ममा आन्तरिक तर्फ थप आय रु ५ करोड ३१ लाख ४६ हजार ६ सय २९ र पैसा ८० हुने संशोधित अनुमान छ । यसरी आर्थिक वर्षको अन्त्यसम्ममा कूल आन्तरिक श्रोत तर्फ रु ८० करोड २५ लाख ८६ हजार ३ सय ११ र पैसा ४० आय हुने संशोधित अनुमान छ । जुन लक्ष्यको तुलनामा १३२ दशमलव ५ प्रतिशत हुन जान्छ ।

    १५. त्यस्तै वाह्य श्रोत तर्फ जेष्ठ मसान्तसम्मको आय रु ६६ करोड १५ लाख २९ हजार ३ सय ८९ रहेको छ । जुन लक्ष्यको तुलनामा ९५ दशमलव ३ प्रतिशत आय भएको छ । असार महिनामा थप वाह्य आय प्राप्त हुने अवस्था देखिएको छैन । त्यस्तै नगद लागत सहभागिता अन्तरगत उपभोक्ताको तर्फबाट रु २ करोड ५० लाख आय प्राप्त भएको छ ।

    १६. यसरी २०७७ साल जेष्ठ मसान्तसम्मको कूल आय रु १ अर्व ४३ करोड ५९ लाख ६९ हजार ७० र पैसा ६० संञ्चित कोषमा आम्दानी वाधिएको छ । जुन रकम लक्ष्यको तुलनामा ११० दशमलव ५ प्रतिशत हुन आउछ । असार मसान्तसम्ममा थप रु रु ५ करोड ३१ लाख ४६ हजार ६ सय २९ र पैसा ८० प्राप्त हुने संशोधित अनुमान छ । यसरी कूल आम्दानी रु १ अर्व ४८ करोड ९१ लाख १५ हजार ७ सय र पैसा ४० आय हुने संशोधित अनुमान छ । यसरी आर्थिक वर्षको अन्त्य सम्म ११४ दशमलव ५४ प्रतिशत आय हुने संशोधित अनुमान छ ।

    १७. राजस्व वाँडफाँड र घर जग्गा रजिष्ट्रेशन शुल्क नगरपालिकाको आन्तरिक राजस्व भएकोले सोही अनुसारनगरपालिकाको सञ्चित कोषमा आम्दानी वाँधिएको छ ।

    १८. आर्थिक वर्ष २०७६÷७७ मा यस नगरपालिका क्षेत्रका जनप्रतिनिधिहरुको उच्चतम नेतृत्व क्षमता र असिम विकास चाहनाका कारण बजेटमा अनुमान गरिएका भन्दा वाह्य क्षेत्रबाट समेत भौतिक पूर्वाधारका लागि पूँजीगत बजेट नगरपालिकाको सञ्चित कोषमा नै दाखिला भई परिचालन गर्न यस नगरपालिका सफल भएको छ । साथै, प्रशासनिक नेतृत्वबाट श्रोत परिचालनमा वित्तीय जोखिम न्यूनीकरण गर्दै प्रशासनिक र विकास सम्वन्धी कार्य रणनैतिक रुपमा सम्पादन गर्दा थप राजस्व परिचालन गर्न सकिएको छ । फलस्वरुप आर्थिक वर्ष २०७६÷७७ का लागि पेश भएको बजेटको लक्ष्य भन्दा वढि वित्तीय प्रगति भएको छ भने भौतिक प्रगति पनि लक्ष्यको नजिक नजिक पुगेको अवस्था छ ।

    यस नगर सभाका आदरणीय सभा अध्यक्षज्यू,
    १९. अव म आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटका उद्धेश्यहरु पेश गर्ने अनुमति चाहन्छु ।
    क) सबै प्रकारका महामारी, प्रकोप र विपदबाट नगरवासीहरुको जीवनको रक्षा गर्दै जनजीवनलाई सहज र क्रियाशील बनाउने,
    ख) कोरोना महामारीका बीचमा समेत नगरको प्रशासनिक तथा आर्थिक क्रियाकलापहरुलाई आवश्यक सुरक्षा सतर्कता र सचेतना मार्फत क्रियाशील बनाउदै गतिशील बनाउने
    ग) उपलब्ध श्रोत साधन, अवसर र क्षमताको महत्तम परिचालन गरी नगरको विकास र सुशासनलाई संस्थागत गर्दै दिगो ब्यवस्थापन गर्ने,
    घ) नागरिक र जनप्रतिनिधिहरु बीचको अन्तरसम्वाद र समन्वयलाई प्रभावकारी बनाउदै जनगुनासोको उचित सम्वोधन गर्ने र
    ङ) नगरपालिकाबाट सञ्चालन तथा व्यवस्थापन भएका विकास क्रियाकलापहरुको फेहरिस्त सहितको सार्वजनिक जानकारी आम नागरिक बीचमा सञ्चार गर्दै नागरिकको पृष्ठ पोषणका आधारमा नगर पूर्वाधार विकास र सुशासनको अवस्थालाई सवल, सक्षम र दिगो रुपमा ब्यवस्थापन गर्दै लैजाने ।

    २०. अव म आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटका प्राथमिकताहरु पेश गर्ने अनुमति चाहन्छु ।
    क) कोभिड १९ लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नगरवासीलाई सुरक्षित र स्वस्थ्य राख्न भरपर्दो विश्वंसनीय नगर स्वास्थ्य प्रणालीको निर्माण गर्दै नगर स्वास्थ्य सेवाको क्षमता विस्तार गर्ने,
    ख) कोभिड १९ प्रकोपको सन्त्रास र डरका कारण टुटेको उत्पादन, रोजगारी र आपूर्ति सम्वन्धलाई पूर्ववत अवस्थामा ल्याउने रणनीतिको कार्यान्वयन गर्ने,
    ग) कृषि, शिक्षा, पर्यटन र पूर्वाधारः सूर्यविनायक समृद्धिको मूल आधारलाई सार्थक बनाउने गरी नगरको समग्र विकास र प्रशासनिक संयन्त्र प्रभावकारी बनाउदै सुशासन प्रवद्र्धन गर्ने,
    घ) शहरी पूर्वाधारको दिगो विकासका माध्यमबाट जनअपेक्षा अनुरुप समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्ने,
    ङ) आर्थिक एवम् सामाजिक पूर्वाधार विकास गर्दै व्यवस्थित सहरीकरण मार्फत सुलभ, दिगो, सुरक्षित र सुन्दर नगरको रुपमा स्थापित गर्ने,
    च) नगर क्षेत्रका सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरा भित्र ल्याउन राजस्व संयन्त्रको सुदृढीकरण मार्फत आत्मनिर्भरता तर्फ उन्मुख हुँदै जाने र
    छ) श्रोत साधन, अवसर, समावेशीकरण र जिम्मेवारीको उच्चतम् उपयोग गर्ने ।

    २१. अव म आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट कार्यान्वयनका क्रममा देखा पर्न सक्ने चुनौतीहरु पेश गर्ने अनुमति चाहन्छु ।
    क) कोभिड १९ लगायत सबै प्रकारका स्वास्थ्य जोखिमको सन्त्रास र डरलाई सामान्यीकरण गर्दै आम नागरिक बीचको आर्थिक र सामाजिक क्रियाकलापलाई गतिशील बनाउने,
    ख) कोभिड १९ प्रकोपको न्यूनीकरणका लागि स्वास्थ्य सामाग्रीहरुको उपलब्धता सहित स्वास्थ्य सतर्कता र सामाजिक दुरी कायम गर्दै आम नगरवासीको जीवन रक्षाको प्रत्याभूति दिने,
    ग) क्वारिन्टाइन ब्यवस्थापन, राहत वितरण, रोजगारीको अवसरको सिर्जना, सचेतना कार्यक्रम, सूचना संकलन सहित संम्प्रेषण गर्ने,
    घ) बहुवर्षीय र अधुरा योजना तथा कार्यक्रमहरुका लागि थप श्रोत साधनको परिचालन गर्ने र
    ङ) कोभिड १९ को असरबाट प्रभावित नगर अर्थ ब्यवस्थालाई पुरानै अवस्थामा ल्याई थप उन्नतशील बनाउने ।

    नगर सभाका आदरणीय सभा अध्यक्षज्यू,

    आर्थिक वर्ष २०७७÷७८ को बजेट विनियोजन
    २२. आर्थिक बर्ष २०७७÷०७८ का लागि कुल बजेट रु १ अर्व ४८ करोड रकम विनियोजन गरेको छु । कुल विनियोजन मध्ये चालु तर्फ रु १३ करोड ४० लाख, सामाजिक सुरक्षा रु ९ करोड, विषयगत शाखा रु ९ करोड ४५ लाख ९१ हजार, शसर्त कार्यका लागि रु ३१ करोड ८८ लाख ५९ हजारर पुँजिगत तर्फ रु ८४ करोड २५ लाख५० हजार रकम विनियोजन गरिएको छ ।

    २३. कुल विनियोजित बजेटमा साधारण खर्च ९ दशमलव ०५प्रतिशत, सामाजिक सुरक्षा खर्च ६ दशमल ०८ प्रतिशत, विषयगत शाखाको ६ दशमलव ३९ प्रतिशत, शसर्त कार्यको लागि २१दशमल ५४ प्रतिशत र पुँजिगत खर्च ५६ दशमलव ९४ प्रतिशत हुन आउँछ । प्रस्तुत बजेट आर्थिक बर्ष २०७६÷०७७ को तुलनामा ११३ दशमलव ८५ प्रतिशतले वृद्धि हुन आउँछ ।
    २४ . वडातहको कूल बजेट १२ करोड ७० लाख मध्ये १० करोड पुँजीगत तर्फ र विषयगत शाखा लक्षित तथा कोभिड १९ संक्रमण नियन्त्रणका लागि प्रत्येक वडाका लागि कम्तिमा रु २० लाखका दरलेरु २ करोड र नगर प्रमुख रोजगार तथा सीप विकास कार्यक्रमका लागि प्रत्येक वडामा रु ७ लाखका दरले रु ७० लाख बरावरकाकार्यक्रमहरु छनौट गरि स्वीकृतिका लागि पेश गरेको छु ।

    २५. पूँजीगत बजेटको ठुलो हिस्सा पूर्वाधार विकासको क्षेत्रमा विनियोजन प्रस्ताव गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८मा समेत चालु आर्थिक वर्षमा जस्तै नगरपालिकाको श्रोतलाई ठुला पूर्वाधार विकासमा लगानी गर्ने नीति अनुरुप प्रत्येक वडामा कम्तिमा १ वटा रु १ करोडभन्दा वढिको योजना पर्ने गरी रु ११ करोड ५० लाख रकमनगरस्तरीय ठुला पूर्वाधार विकास आयोजनाहरुका लागि बजेट विनियोजन गरेको छु ।

    २६. नगरस्तरीय विभिन्न पूर्वाधार विकास आयोजनाहरुका लागि थप रु १० करोड १६ लाख ६० हजार रकम विनियोजन गरिएको छ । त्यस्तै लक्षित विविध पूर्वाधार विकास कार्यक्रमका लागि रु २ करोड पूर्वाधार विकास समिति अन्र्तगत बजेट प्रस्ताव स्वीकृतिका लागि पेश गरेको छु ।

    २७. नतिजामूलक र प्रतिफल युक्त विकास आयोजना छनोट र कार्यान्वयन गर्ने नीति अनुरुप वडागत बजेट सिलिङ्गबाट कम्तिमा रु ३० लाख वा सोभन्दा माथिको ठुला योजना र अन्यको हकमा रु ५ लाख माथिका आयोजनाहरु छनौट गरी स्वीकृतिका लागि पेश गरिएको छ । अपुरा र कम लगानीमा समेत पूर्णता दिन सकिने ससाना योजनाहरु समेत नागरिकको माग र आवश्यकताका आधारमा वडा तहबाट छनौट भएकोमा स्वीकृतिका लागि पेश गरिएको छ ।

    २८. नगर क्षेत्रमा भएका विकास निर्माणको कार्यको दिगोपना र गुणस्तरीयता कायम गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा रु ३ लाखभन्दा माथिका आयोजनाहरुमा ५ प्रतिशत रकम मर्मत संभार कोष रहने गरी योजना स्वीकृत गरिनेछ । साथै, मर्मत संभार कोषका लागि नगरपालिकाको तर्फबाट २०७७÷०७८ मा एकमुष्ट रु १ करोड थप रकम विनियोजन गरेको छु ।
    २९. नगर क्षेत्रका आम नागरिकहरुबाट पूर्वाधार विकासका लागि उच्च प्राथमिकता सहित माग हुँदै आएको सन्दर्भमा नागरिकको अपनत्व र स्वामित्व वोध हुने यस्ता पूर्वाधार विकासका आयोजनाहरुमा नगद लागत साझेदारी गर्ने नीति अनुरुप ६०÷४० का आयोजनाहरुका लागि रु ६ करोड एकमुष्ट रकम विनियोजन गरिएको छ ।

    ३०. नगर क्षेत्रमा उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाहरु मध्ये मेसिनरी वाल, ग्रावेल वाटो स्तरउन्नती, माटो पटान तथा कटान र हेभी मेसिनरी कार्यमा कम्तिमा २५ देखि ३५ प्रतिशत उपभोक्ताको लागत सहभागितामा योजना कार्यान्वयन गर्ने ब्यवस्थालाई निरन्तरता दिएको छ ।

    ३१. नगरपालिकाले वडा तथा नगर कार्यपालिकाको प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । यसर्थ, आर्थिक वर्ष २०७७÷०७८ मा नगर कार्यपालिकाको प्रशासनिक भवन, वडा नं. २, ६ र १० को वडा भवन र वडा नं. ७ को वडा भवनको तल्ला थप कार्य पूर्णताका लागिसमपुरक सह लगानीमा रु ८ करोड रकमविनियोजन गरेको छु ।

    ३२. नगर कार्यपालिका र वडाका प्रशासनिक भवन निर्माणमा थप रु १० करोड समपुरक तथा सहलगानी नेपाल सरकार, बागमती प्रदेश सरकार र जिल्ला समन्वय समितिबाट प्राप्त गरी कार्य गर्ने कार्यगत ब्यवस्था मिलाइनेछ ।

    ३३. आगामी आर्थिक वर्ष भित्र वडा नं. १ को वडा भवनको निर्माणका लागि स्थानको छनौट र भवनको विस्तृत परियोजना प्रस्ताव तयार गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

    ३४. नेपाल सरकार र बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा स्थानीय तहको पूर्वाधार विकासमा लागत साझेदारी गर्न समपुरक लगानीका लागि ठुलो रकम विनियोजन भएको छ । नेपाल सरकार र बागमती प्रदेश सरकारले स्वीकृत गरेको समपुरक र विशेष अनुदान कार्यविधि अनुसार यस सूर्यविनायक नगरपालिका क्षेत्रमा ठुला पूर्वाधार विकासका आयोजनाहरुमा नेपाल सरकार र बागमती प्रदेश सरकारसँग लागत साझेदारीका आयोजना छनौट गरी कार्य गर्न रु ७ करोड ८९ लाख ४५ हजार थप बजेट प्रस्ताव गरिएको छ ।

    ३५. समपुरक लगानी अन्तरगत थप रु १० करोड वरावरका ठुला आयोजनाहरु नगरक्षेत्रमा आर्थिक वर्ष २०७७÷०७८ मा कार्यान्वयन आउने गरी कार्य गर्ने कार्यगत ब्यवस्था मिलाइनेछ ।

    ३. विपदको समयमा नगरपालिकाबाट विपत पिडित नागरिकको राहत, उद्धार, पुनःस्थापना जस्ता कार्यहरु ब्यवस्थित र योजनावद्ध तरिकाबाट कार्यान्वयनमा आउन सकोस भनी आर्थिक वर्ष २०७७÷०७८ मा विपद ब्यवस्थापन कोषका लागि रु १ करोड रकम विनियोजन गरिएको छ ।

    ३७. नगरपालिका क्षेत्रमा नेपाल सरकार तथा बागमती प्रदेश सरकारबाट आर्थिक वर्षको बीचमा थप हुन आउने सशर्त कार्यक्रमको अनुमान गरी रु १ करोड रकमको प्रस्ताव स्वीकृतिका लागि पेश गरेको छु ।

    ३८. नगर क्षेत्रका सामुदायिक विद्यालयहरुमा आधारभूत भौतिक पूर्वाधार विकास गर्दै यस्ता शैक्षिक संस्थामा गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्दै जाने नीतिको कार्यान्वयनका लागि रु ५०लाख थप पूँजीगत रकम विनियोजन गरिएको छ ।

    ३९. क्रमागत रुपमा सञ्चालित योजना तथा कार्यक्रमहरुलाई पूर्णता दिन वहुवर्षीय प्रकृतिका ठुला पूर्वाधार विकास योजनाका लागि रु ४ करोड १५ लाख रकम विनियोजन गरिएको छ ।

    ४०. वन, वातावरण तथा सरसफाई सम्वन्धी कार्यलाई नगरपालिकाको योजना र लक्ष्य अनुरुप कार्य अगाडि बढाउन रु ६३ लाख रकम विनियोजन गरिएको छ । कोभिड १९ संक्रमण नियन्त्रणका लागि एक मुष्ठ रकम रु २ करोड स्वीकृतिका लागि पेश गरेको छु ।

    ४१. शिक्षा तथा खेलकूलका लागि नेपाल सरकारको सशर्त कार्यक्रमका अतिरिक्त नगरपालिकाको आन्तरिक श्रोतबाट ब्यहोर्ने गरी थप रु १ करोड ८० लाख विनियोजन प्रस्ताव पेश गरेको छु ।

    ४२. न्यायिक समितिको वडा तहसम्म नै पहुँच स्थापित गरी मेलमिलाप मार्फत न्याय निरुपणलाई टोलवस्तीमा नै मिलाउन रु २८ लाख बजेट प्रस्ताव स्वीकृतिका लागि पेश गरेको छु ।

    ४३. नगरपालिकाले स्वास्थ्य क्षेत्रमा दिएको विशेष प्राथमिकता र नोवेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त रकमका अतिरिक्त नगरपालिकाको आन्तरिक श्रोतबाट व्यहोर्ने गरी रु. १ करोड ४५ लाख रकम थप प्रस्ताव तयार गरी स्वीकृतिका लागि पेश गरेको छु ।

    ४४. कोभिड १९ संक्रमण नियन्त्रण गर्न तथा स्थानीयस्तरमा नै रोजगार सिर्जना गरी कृषि तथा पशु पन्छीपालन र नमूना कृषि फर्मको विकास तथा वडागत रुपमा नै स्थानीय उत्पादनको खपत स्थानीय तहमा नै गर्न सक्ने गरी स्थानीय वडागत हाटबजार ब्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

    ४५. नगर क्षेत्रको बाटोको मापदण्ड तथा नगरस्तरीय भौतिक पूर्वाधार निर्माणको मापदण्ड अध्ययन गरी प्रतिवेदन तयार गर्न आवश्यक रकम विनियोजन गरेको छु । त्यस्तै नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार विकास र सूर्यविनायक नगरपालिका अस्पतालको क्षमता विकासका लागि प्रस्ताव भए बमोजिम नै रकम स्वीकृतिका लागि पेश गरेको छु ।
    यस नगरसभाका आदरणीय सभाध्यक्षज्यू

    ४. आर्थिक बर्ष २०७७÷०७८ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये नगरपालिकाको आन्तरिक श्रोतवाट रु ५८ करोड ५१ लाख८२ हजार, प्रदेश सरकारको समानीकरण अनुदान रु १ करोड ११ लाख ८६ हजार, बागमती प्रदेश सरकारको सशर्त अनुदान रु ३ करोड ४४ लाख ५९ हजार, नेपाल सरकारको समानीकरण अनुदान रु २० करोड १० लाख, नेपाल सरकारको सशर्त अनुदान रु २७ करोड४४ लाख, नेपाल सरकार र बागमती प्रदेश सरकारको राजस्व वाँडफाँडको रकम रु १२ करोड २६ लाख ७३ हजार, सामाजिक सुरक्षा भत्ता रकम रु ९ करोड, जिल्ला समन्वय समितिबाट रु ६ करोड ४५ लाखर अन्य श्रोतवाट रु ६ करोड आय हुने अनुमान रहेको छ ।

    ४७. नेपाल सरकार र प्रदेश सरकारको राजस्व वाँडफाँडबाट प्राप्त हुने रकम वास्तवमा स्थानीयस्तरको नै आय भएको हुँदा रु १२ करोड ६२ लाख ७३ हजार समेत आन्तरिक आयको रुपमा आम्दानी वाध्ने ब्यवस्था मिलाइएको छ ।

    ४८. क्षेत्रगत रुपमा खर्च व्यहोर्ने श्रोतको आय अनुमानमा आन्तरिक श्रोतको प्रतिशत ४८ दशमलव ०७, नेपाल सरकारको श्रोत प्रतिशत ४० दशमलव ४३ र प्रदेश सरकारको श्रोत प्रतिशत ७ दशमलव १४ र जिल्ला समन्वय समितिको श्रोत प्रतिशत ४ दशमलव ३६ रहेको छ ।यसरी हेर्दा खर्च व्यहोर्ने श्रोतमा आन्तरिक श्रोतको कूल प्रतिशत ४८ र वाह्य श्रोतको कूल प्रतिशत ५२हुन जान्छ ।

    ४९. आगामी आर्थिक वर्षहरुमा खर्च व्यहोर्ने दिगो श्रोतका लागि आन्तरिक आय परिचालनलाई उच्च प्राथमिकता राखिएको छ । राजस्व प्रशासनको सुदृढीकरण र क्षमता विकासका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

    ५०. नेपाल सरकार र बागमती प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान खर्च गर्ने सम्वन्धमा प्राप्त योजना तथा कार्यक्रमलाई अनुसुचीमा राखि सोहि बमोजिम स्वीकृत गर्ने प्रस्ताव गरेको छु ।

    ५१. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको हकमा जिल्ला समन्वय समिति, भक्तपुरबाट छनौट भई आएका योजनाहरु अनुसार नै योजना तथा कार्यक्रम सञ्चालन हुने ब्यवस्था मिलाइएको छ ।

    ५२. स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमा यस नगरपालिकाका लागि छनौट भई आउने योजना तथा कार्यक्रमको बजेटमा नगरपालिकाको तर्फबाट कार्यपालिकाको बैठकको निर्णयानुसार लागत साझेदारी गर्न आवश्यक पर्ने रकम समेत विनियोजन गरिएको छ ।

    ५३. प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि श्रोत सुनिश्चिता भएको रकमको हकमा वडागत विनियोजन सहितको कार्यक्रम प्रस्ताव स्वीकृतिका लागि पेश गरेको छु । यस कार्यक्रमका लागि नेपाल सरकारबाट थप रकम प्राप्त भएको हकमा सोही बमोजिम योजना तथा कार्यक्रम सञ्चालन गर्न संभाव्य योजनाहरुको सूची तयार गरी स्वीकृतिका लागि पेश गरेको छु । प्राप्त श्रोतका आधारमाा प्राथमिकता निर्धारण गरी प्रधामन्त्री रोजगार कार्यक्रम अन्तरगतका आयोजनाहरु सञ्चालन तथा ब्यवथापन गर्ने नीति लिइनेछ ।

    ५४. नोबेल कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर असर परिरहेको परिदृश्यलाई समेत मध्यनजर गरी आगामी आर्थिक वर्षका लागि तथ्य र तथ्यांकमा आधारित रही श्रोत अनुमान र बजेट विनियोजन प्रस्ताव तयार पारेको ब्यहोरा यस गरिमामय नगरसभालाई जानकारी गराउदछु । नगर कार्यपालिकाका छ वटा विषयगत समितिहरुका पटक पटकका वैठक तथा अन्तरक्रिया एवम् सुझाहरुका आधारमा बजेट तथा श्रोत ब्यवस्थापनमा आवश्यक सतर्कता र सजकता अपनाइएको छ । बर्तमान अवस्थालाई विश्लेषण गरी बजेटको आकारमा तात्विक रुपमा बृद्धि गर्न सकिएको छैन । स्थिति सहज र अर्थब्यवस्था गतिशील भएको अवस्थामा नगरपालिकाको श्रोत परिचालन बढ्ने निश्चित छ । आर्थिक वर्षको बीचमा स्थिति सहज भै श्रोत परिचालन बढ्न सक्ने अवस्था समेत आउन सक्दछ । सूर्यविनायक नगरपालिकाको राजनैतिक र प्रशासिनक नेतृत्व सक्षम र प्रभावकारी भएकोले श्रोत परिचालन तथा ब्यवस्थापन सहज हुने अवस्था छ । यसर्थ, आर्थिक वर्षको बीचमा थप श्रोत परिचालन हुने अवस्था देखिएमा नगर क्षेत्रका रणनैतिक महत्वका बुहवर्षीय योजनाहरु स्वीकृत गरी कार्यान्वयनमा लैजान नगर कार्यपालिकाको वैठकलाई अधिकार प्रयोजन गर्ने प्रस्ताव स्वीकृतिका लागि पेश गरेको छु ।

    नगर सभाका आदरणीय सभा अध्यक्षज्यू,

    संस्थागत क्षमता विकास र जनशक्ति ब्यवस्थापन
    ५५. नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुको संस्थागत तथा ब्यक्तिगत क्षमता विकासबाट नगर क्षेत्रको सेवा प्रवाह र विकास ब्यवस्थापनमा सुशासन कायम गर्ने आधार तयार हुन्छ । यसर्थ, जनप्रनिधि र कार्यरत कर्मचारीहरुका लागि ब्यक्तिगत तथा संस्थागत क्षमता विकासमा लगानी गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।

    ५. जनप्रतिनिधिहरुका लागि बागमती प्रदेश सभाबाट स्वीकृत स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐन, २०७५ (प्रथम संशोधन सहित) बमोजिमका सुविधा र उक्त ऐनको अधिकार क्षेत्र भित्र रही नगरपालिकाको आन्तरिक श्रोतबाट व्यहोर्ने गरी अन्य सेवा सुविधाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

    ५७. सूर्यविनायक नगरपालिकामा विगत लामो समय देखि कार्यरत इमान्दार र दक्ष करार सेवाका कर्मचारीहरुको आर्थिक वर्ष २०७७÷०७८ मा समेत उनीहरुको सेवामा निरन्तरता कायम गर्ने ब्यवस्था मिलाइएको छ । यस्ता कर्मचारीहरुसँग सेवा करार संझौता गरी क्षमता र योग्यता अनुसारको जिम्मेवारी तोकिने छ । साथ,ै भविष्यमा समेत उनीहरुको सेवा वर्षको आधारमा के कसरी सेवामा निरन्तता दिई कार्य गर्ने गराउने वातावरण तयार गर्न सकिन्छ, यस विषयलाई समेत नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ ।

    ५८. सेवा करारमा कार्यरत कर्मचारीहरुको सेवा सुविधाको निरन्तरताका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

    ५९. पाँचौ नगरसभाबाट आर्थिक वर्ष २०७६।७७ को स्वीकृत भएको बजेट तथा कार्यक्रम प्रस्ताव बमोजिम कार्यपालिकाको वैठकबाट छनौट गरि कार्यान्वयन गरिएका सबै योजना तथा कार्यक्रमहरु समेत यस सातौ नगरसभाबाट अनुमोदन सहित स्वीकृत गर्ने प्रस्ताव पेश गरेको छु ।

    ६०. आर्थिक वर्ष २०७३।७४, २०७४।७५ र २०७५।७६ को सूर्यविनायक नगरपालिकाको स्वीकृत बजेट तथा कार्यक्रमको अन्तिम लेखा परीक्षण सम्पन्न भएको छ । लेखा परीक्षणका क्रममा वित्तीय जोखिम नभएका, प्रक्रियागत कमी कमजोरी तथा अन्य विविध कारणबाट कायम हुन आएको सैद्धान्तिक, नीतिगत तथा प्रक्रियागत बेरुजु फर्छौटका लागि तयार भएको प्रतिवेदन स्वीकृतिका लागि पेश गरेको छु । नगरसभाबाट स्वीकृत भए पश्चात नीतिगत बेरुजुहरु फछ्र्यौट कार्यका लागि नगर कार्यपालिकाबाट संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयमा पठाउने प्रस्ताव समेत स्वीकृतिका लागि पेश गरेको छु ।
    नगर सभाका आदरणीय सभा अध्यक्षज्यू,
    ६१. गरिमामय सातौं नगर सभा समक्ष यस नगरपालिकाका नगर प्रमुख श्री वासुदेव थापाज्यूले पेश गर्नु भएको १५५ वुँदे नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

    ६२. १५५ वुँदे नीति तथा कार्यक्रममा उल्लेख भएका विषयगत क्षेत्रका लागि कार्ययोजना निर्माण गरी नगर कार्यपालिकाबाट क्षेत्रगत बजेट कार्यान्वयनको आधार तयार गर्दै कार्यान्वयन गर्ने ब्यवस्था मिलाइनेछ ।
    आर्थिक ऐन र विनियोजन ऐन

    ६३. सूर्यविनायक नगरपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वय गर्नका निमित स्थानीय कर, दस्तुर, शुल्क संकलन गर्न, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न नेपालको संविधानको धारा (२२८) को उपधारा (२) बमोजिम यस नगर सभा समक्ष आर्थिक ऐनको मस्यौदा र सोका अनुसुचीहरु स्वीकृतिका लागि यसैसाथ पेश गरेको छु ।
    ६४. आर्थिक वर्ष २०७७÷०७८ को करका दरहरु प्रस्ताव गर्दा करको दायरा विस्तार गर्ने, सबै किसिमका आर्थिक क्रियाकलापहरुलाई करको दायरा भित्र ल्याउने र करको दर बृद्धि नगर्ने नीति लिएको छ ।
    ६. आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक ऐनमा नागरिकता सिफारिश, छात्रवृत्ति सिफारिश, नावालक परिचय पत्र सिफारिश, विपन्न विद्यार्थी सिफारिश, अपाङ्ग विद्यार्थी सिफारिश, स्वास्थ्य उपचार सिफारिश, आर्थिक अवस्था कमजोर वा विपन्न सिफारिश, अदालती शुल्क मिनाहा सिफारिश, आदिवासी, जनजाती, दलित सिफारिश, अंगीकृत नागरिकता सिफारिश, संरक्षक (व्यक्तिगत तथा संस्थागत) सिफारिश जस्ता सेवाहरु निःशुल्क हुने ब्यवस्थालाई निरन्तरता दिएको छु ।

    ६६. तत्कालीन अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिका हुनु अघि तत्कालिन गाँउ विकास समिति हुँदाको अवस्थामा तत्कालीन÷प्रचलित मापदण्डका नक्सा पास गरी बनेको र नक्सा पास नगरी वनेका भवन संरचनाहरुको भवन निर्माण सम्पन्न अभिलेखीकरण र घर कायम अभिलेखीकरण गर्दा लाग्ने राजस्व तथा अन्य शुल्क आर्थिक वर्ष २०७७÷७८ को आर्थिक ऐनमा उल्लेखित दरमा हुने ब्यवस्था मिलाएको छु । आर्थिक वर्ष २०७७÷७८ अवधि भर अभिलेखीकरणलाई निरन्तता दिने प्रस्ताव स्वीकृतिका लागि पेश गरेको छु ।

    ६७. सूर्यविनायक नगरपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को सेवा तथा कार्यहरुका लागि संचित कोषवाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न नेपालको संविधानको धारा (२२९) को उपधारा (२) बमोजिम यस नगर सभा समक्ष विनियोजन ऐनको मस्यौदा र सोका अनुसुचीहरु यसैसाथ संलग्न गरी स्वीकृतिका लागि पेश गरेको छु ।

    ६८. आर्थिक बर्ष २०७७÷०७८ को बजेटको अभिन्न अंगको रुपमा रहेको आय व्ययको विवरण, राजस्व तथा अनुदान प्राप्तिको विवरण, व्यय अनुमान, वित्तीय व्यवस्था अनुमान, कार्यक्षेत्रगत व्यय अनुमान, बार्षिक विकास कार्यक्रम, सशर्त अनुदानको कार्यक्रम, बार्षिक कार्यक्रम कार्यान्वयन योजनालाई अनुसुचीमा राखी पेश गरेको छु ।
    नगर सभाका अध्यक्ष महोदय,
    ६९. श्रोतको उचित परिचालन तथा ब्यवस्थापन गर्ने रणनीतिलाई कार्यरुप दिन आर्थिक वर्ष २०७७÷७८ को सुरुदेखि नै रु १०लाखभन्दा माथिका भौतिक पूर्वाधार विकास निर्माणका कार्यहरु खुला प्रतिस्पर्धाबाट सार्वजनिक खरिद ऐन तथा नियमावली बमाोजिम निजी क्षेत्रका निर्माण ब्यवसायीहरु छनौट गरी कार्यान्वयन गरियो ।

    ७०. यसबाट विनियोजित बजेट औषतमा ४० प्रतिशत बचत भएको देखियो । यस्तो बचत रकमलाई पुनः भौतिक पूर्वाधार विकासमा नै थप लगानी गर्ने वातावरण तयार भयो । निजी क्षेत्रका निर्माण ब्यवसायी तथा उपभोक्ता समिति मार्फत गरिएका कार्यहरुको स्थलगत निरीक्षण, योजनागत प्राविधिक जिम्मेवारी र परीक्षणका कारण निर्माण भएका र भईरहेका संरचनाहरुमा लागत प्रभावकारीता कायम हुनुका साथै तोकिएको गुणस्तर कायम गर्न गराउन नगरपालिका सफल भएको छ ।

    ७१. योजना तथा कार्यक्रम कार्यान्वयनको आर्थिक बर्ष २०७५÷०७६ मा देखिएको अनुभव र सिकाईबाट आर्थिक बर्ष २०७७÷०७८ मा बजेटको प्रभावकारी कार्यान्वयन गर्न बजेट तयारीका क्रममा वडा तथा नगरको प्रस्तावित अनुमानित बजेटको लागत ईस्टिमेट सहितको विवरण तयार भएको छ ।

    ७२. श्रावण र भाद्र महिनामा बजेटमा समावेश भएका सबै योजना तथा कार्यक्रमहरुको कार्यान्वयन कार्ययोजना तयार पारिनेछ ।

    ७३. रु १० लाखभन्दा माथिका सबै योजना तथा कार्यक्रम सार्वजनिक खरिद ऐन बमोजिम कार्यान्वयन गर्ने प्रक्रिया पहिलो चौमासिक भित्रै सम्पन्न गरिनेछ ।

    ७४. उपभोक्ता समिति मार्फत गरिने कार्यका लागि चैत्र मसान्तसम्म मात्र संझौता गरिनेछ । चैत्र मसान्त पछि नगरपालिकाबाट योजना तथा कार्यक्रम सञ्चालन गर्ने गरी कुनै संझौता गरिने छैन ।
    ७. नगरपालिका तथा वडा तहबाट सञ्चालन गरिने योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्ने प्रयोजनका लागि उप प्रमुखले संयोजन गर्ने योजना अनुगमन र मूल्यांकन समितिलाई क्रियाशील बनाई योजना, कार्यक्रममा गुणस्तरीयता र दिगोपना कायम गर्न आवश्यक श्रोत ब्यवस्थापन गरिएको छ ।

    ७६. यस सम्मानीत नगर सभा समक्ष पेश भएको बजेटको लक्ष्य र उद्देश्य अनुरुप कार्यान्वयनको नतिजा हासिल गर्न तथा देखा पर्न सक्ने चुनौती ब्यवस्थापनका लागि नगरपालिकाका विषयगत छ वटै समितिहरुलाई थप क्रियाशील र प्रभावकारी बनाइनेछ ।

    ७७. नगरपालिका क्षेत्र भित्र अन्य सरकारी तथा गैर सरकारी निकायबाट सञ्चालन तथा ब्यवस्थापन गर्ने योजना तथा कार्यक्रम कार्यान्वयन गर्दा नगरपालिका तथा सम्वन्धित वडा तहमा समन्वय गर्नु पर्ने व्यवस्था गरिएको छ । त्यस्ता कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकन गर्दै गुणस्तरीयता र दिगोपना कायम गर्न योजना अनुगमन र मूल्यांकन समिति प्रति जवाफदेही र उत्तरदायी बनाउने ब्यवस्था गरिनेछ ।

    ७८. निर्वाचित स्थानीय सरकारको रुपमा यस गरिमामय नगर सभा समक्ष आर्थिक बर्ष २०७७÷०७८ को बजेट तयारी गर्ने क्रममा सहयोग गर्नु हुने नगर प्रमुख तथा सभाध्यक्ष श्री बासुदेव थापा, प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव श्री कमल ज्ञवाली, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, राजनैतिक दलका नेतागण, सूर्यविनायक नगर क्षेत्रका सम्पुर्ण नगरबासीहरु, नागरिक समाजका अगुवाहरु, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु र नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु एवम सञ्चारकर्मीहरुमा हार्दिक आभार व्यक्त गर्दछु । नगरको आर्थिक र सामाजिक विकासमा निरन्तर सहयोग पु¥याउने सबै करदाता प्रति आभार प्रकट गर्दछु ।

    ७९. नोवेल कोरोना भाइरसको सन्त्रास र प्रकोपका बीचमा आम नगरवासीहरुको जीवन रक्षा र स्वास्थ्य अवस्था सुदृढ गर्न नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गरिएको छ । विश्वमा नै नौलो स्वास्थ्य चुनौती खडा भएको अवस्थामा सूर्यविनायक नगर क्षेत्र यस प्रकोप जोखिमबाट बच्न र बचाउन हामी सबै प्रतिवद्ध हुने छौं ।

    ८०. आगामी वर्षको यो बजेट कार्यान्वयनमा सबै पक्षको पूर्ण सहयोगको अपेक्षा गरेको छु । साथै, नगरको मूल नारा कृषि, शिक्षा, पर्यटन र पूर्वाधारः सूर्यविनायक समृद्धिको मूल आधारलाई सार्थक बनाउदै “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्ने महान यात्रामा सहभागी हुन सबै नगरवासीहरुमा आब्हान समेत गर्दछु ।

    धन्यवाद !

    जुना वस्नेत
    उप प्रमुख
    सूर्यविनायक नगरपालिका, कटुञ्जे, भक्तपुर ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...