News Portal

  • प्रेम सम्बन्ध नै पासोमा परिणत भएपछि २४ वर्षीया युवतीले गरिन् आत्महत्या

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० असार
    १४८१ पटक
    भक्तपुर, १० असार

    प्रेम सम्बन्ध नै पासोमा परिणत भएपछि अन्तत: एक युवतीले आत्महत्याको बाटो रोजेकी छन् भने पूर्वप्रेमी भनिएका युवक प्रहरी फन्दामा परेका छन् । पूर्वप्रेमीले चरीत्र हत्या गराएपछि युवतीले आत्महत्या गरेकी हुन् ।

    यो खबर बिराटनगरको हो । अनलाइन आवरबिराटनगरका अनुसार विराटनगरमा एक २४ वर्षीया युवतीले आत्महत्या गरेकी छन् । उदयपुरको बेलका नगरपालिका–२ घर भई विराटनगर महानगरपालिका–३ बस्दै आएकी श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेकी हुन् ।

    असार १४ गते बिबाह गर्ने गरी सोमबार फूलमाला (इन्गेजमेन्ट) गर्ने कार्यक्रम तय भएकोमा पूर्वप्रेमीले चरित्रहत्या गरिदिएपछि आइतवार साँझ नै श्वेताले आत्महत्या गरेको खबर छ ।

    विराटनगरमा डेरामा बस्दै आएकी श्वेता महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत रहेको बताइएको छ । उनी शौर्य बचत तथा ऋण सहकारी संस्थामा काम पनि गर्थिन् । युवतीका पूर्व प्रेमी र युवती एउटै क्याम्पसमा अध्ययनरत रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

    पूर्व प्रेमीले विहे गर्न नमानेको र परिवारका कारण श्वेताको अर्कै केटा सँग विवाह हुनलागेको थाँहा पाएपछि उनका प्रेमी सविन पराजुलीले उनी सँगैका तस्वीहरु बाहिर ल्याउँदै तनाब दिएको खुलासा भएको छ ।

    युवतीकोे विहे हुन लागेका युवकले पूर्व प्रेमी रहेको थाँहा पाएपछि विवाहका लागि आनाकानी गर्न थालेकाले युवती तनावमा रहेको खुलेको छ ।

    पूर्व प्रेमीले विवाह भाँड्न खोज्दा श्वेताले आत्म हत्या गर्न वाध्य भएको प्रहरीको अनुसन्धानले बताएको छ ।

    श्वेताकी बहिनी सरिताले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । जाहेरीका आधारमा सविनलाई मंगलबार पक्राउ गररे आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    प्रहरीको अनुसन्धानको निष्कर्ष पनि पूर्वप्रेमीले गरेको हर्कतका कारण अन्ततः युवतीले आत्महत्याको बाटो रोजेको खुलेको आवर बिराटनगरका लागि नवराज कट्टेल र प्रेम देवानले खबर लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...