News Portal

  • मंगलबार पनि थपिए ४ संक्रमित : सल्लाघारी र दधिकाेट पनि जाेखिममा

    भक्तपुरपोस्ट संवाददाता
    ५४८२ पटक

    साेमबार ९ काेराेना संक्रमित थपिएकाे भक्तपुरमा मंगलबार पनि ४ जना संक्रमित थपिएका छन् । याे संगै भक्तपुरमा संक्रमितकाे संख्या ४२ पुगेकाे छ । साेमबार १० काेराेना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएकाे भए पनि १ संक्रमितकाे ठेगाना भूलबस भक्तपुर भएकाे थाहाँ भएकाे हाे ।

    मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरमा ४ जना संक्रमित थपिएका पुष्टि गरेकाे छ । देशभर २ सय ४ जनामा संक्रमण देखिएकोमा भक्तपुरका ४ जना परेका मन्त्रालयले जनाएकाे छ । आज काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना गरी काठमाडौं उपत्यकामा २८ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरकाे सल्लाघारी, चाँगु, दधिकाेट लगायतमा नयाँ संक्रमित देखिएका जानकारी गराए ।

    पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ६ हजार १ सय ३३ जनामा पिसीआर परीक्षण गरेकामा २ सय ४ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

    फेसबुकमै अपडेटका लागि पेज लाइक र फलाे गर्नुहाेस् !

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...