News Portal

  • कोभिड १९ जोखिम मूल्यांकनका आधारमा भक्तपुर सामान्य जोखिमयुक्त जिल्ला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ असार
    ९८८ पटक
    भक्तपुर, २७ असार

    विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस (कोभिड १९) को जोखिम मूल्यांकनका आधारमा भक्तपुर सामान्य जोखिम भएको जिल्लाको सूचीमा रहेको छ । जोखिम मूल्यांकनका आधारमा सरकारले भक्तपुरलाई सामान्य जोखिम भएको जिल्लाको सूचीमा राखेको हो ।

    अति उच्च जोखिमयुक्त, जोखिमयुक्त,सामान्य जोखिमयुक्त र कम जोखिमयुक्त गरी सरकारले जिल्लाहरुको वर्गीकरण गरेको छ । जसमा भक्तपुर जिल्ला सामान्य जोखिमयुक्त जिल्लाको सूचीमा राखिएको देखिन्छ । स्वास्थ्य मन्त्रालयको रेकर्डमा भक्तपुरमा हालसम्म कोरोना संक्रमित् हुनेको संख्या ४४ रहेको छ । भक्तपुर सहित सोह्र जिल्ला यस सूचीमा छन् । यस सूचीमा भक्तपुर संगै जुम्ला,चितवन,रामेछाप, काठमाडौ, ललितपुर लगायत जिल्ला परेका छन् । तर पछिल्लो संक्रमण दर संगै काठमाडौं जोखिमयुक्त जिल्ला बनेको छ ।

    सरकारले १७ जिल्लालाई उच्च जोखिममा राखेको छ । बाजुरा,बैतडी,डढेल्धुरा,डोटी,धनुषा,सिरहा,झापा लगायतका जिल्लाहरु उच्च जोखिमको सूचीमा छन् ।

    जोखिमयुक्त जिल्लामा भने बझाङ,कालीकोट,दैलेख,सुर्खेत,मोरङ सिन्धुपाल्चोक,सप्तरी,सर्लाही लगायत २३ जिल्ला छन् भने कम जोखिमयुक्त जिल्लाको सूचीमा २१ जिल्ला परेका छन् । जसमा हुम्ला,मुगु,डोल्पा,जाजरकोट,ओखलढुंगा,सिन्धुली,मकवानपुर,काभ्रे लगायतका जिल्ला रहेका छन् ।

    संक्रमण फैलिएको दर, विदेशबाट आएकाहरुको संख्या,जनघनत्व जस्ता आधारमा यो बर्गीकरण गरिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मजदुर नेता मिलनलाई मातृशोक

    नेकपा (माओवादी केन्द्र) भक्तपुरका नेता एवं अखिल नेपाल ट्रेड युनियन महासंघको बागमति प्रदेश अध्यक्ष सत्यमान...

    केएमसीमा मध्यपुर थिमि-७ का बासिन्दालाई दुईदिन निशुल्क स्वास्थ्य सेवा

    काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य...

    कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ ।...

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका...

    चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ...