News Portal

  • कोभिड-१९ काे उच्च जोखिममा भक्तपुरस्थित यातायात कार्यालय

    संजीप शुभचिन्तक भक्तपुर, ३ साउन
    १७०८ पटक
    भक्तपुर, ३ साउन

    भक्तपुरको नपलीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा कोभिड १९ काे जोखिम उच्च देखिएको छ । सेवाग्राहीहरुले असुरक्षितरुपमा सेवा लिनुपरेपछि यहाँ कोभिड १९ काे जोखिम उच्च देखिएको हो ।

    लकडाउन खुकुलो भए संगै दैनिक हजारको हाराहारीमा यहाँ सेवाग्राहीहरुले सेवा लिइरहेका कार्यालय प्रमुख विमलप्रसाद भट्टराई बताउँछन् । तर, यहाँ सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेका भने पाइएको छैन ।

    असार १ देखि खुलेका सरकारी कार्यालयहरुमा सेवा प्रवाह गर्न स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु अनिवार्य गरिएको छ । सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, भक्तपुरले एक सूचना नै जारी गरी सरकारी कार्यालयहरुले अनिवार्य रुपमा सामाजिक दुरी कायम गराउनुपर्ने तथा हात धुन सावुनपानी र सेनीटाइजरको व्यवस्था मिलाउनुपर्ने बताइएको छ भने सो पालना गर्न सेवाग्राहीलाई समेत अनिवार्य गरिएको छ । तर, भक्तपुरको नपलीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा पुग्दा मानिसहरु एकापसमा टासिएरै सेवा लिन तछाडमछाड गरिरहेका दृश्य देख्न सकिन्छ । हेर्दा यस्तो लाग्छ मानौं उनीहरु हात धुने वा सेनी टाइजर प्रयोग गर्नेबारे पूरै बेखबर छन् ।

    यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख विमलप्रसाद भट्टराई पनि सेवाग्राहीले असुरक्षित रुपले सेवा लिइरहेको स्वीकार गर्दछन् । कार्यालयले सामाजिक दूरी कायम गर्न उभिने ठाउँ तोकिदिएको भएपनि सेवाग्राहीले त्यसलाई तोड्ने गरेको र हात धुने कुरामा उनीहरुले ध्यान नदिएको कार्यालय प्रमुख भट्टराईको भनाइ छ ।

    मानिसहरु बैंकहरुमा सामाजिक दुरी र हात धुने कार्य पूरा गरी सेवा लिइरहँदा यहाँस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको काउन्टरमा समेत कुनै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको देखिदैन । दैनिक लाखौँ राजस्व उठाउने यहाँको अवस्था हेर्दा लाग्छ, सरकार जनताप्रति पूरै लापरवाह छ र, जसरी भएपनि कर उठाउने ध्याउन्नमा लागेको छ ।

    ”आफू मात्र सुरक्षित भएर के गर्नु ? यहाँ आएपछि पूरै असुरक्षाको महसुस भैरहेको छ । स्वास्थ्यको जोखिम लिएरै कर तिर्न बाध्य बनेको छु ।” कोटेश्वरबाट आएका एक सेवाग्राहीले भक्तपुर पोस्टसंग भने । सेवाग्राहीको मात्र होइन,स्थानीयको पनि कार्यालयका कारण आफूहरु कोभिडको जोखिममा परेको गुनासो छ । धेरै ठाउँबाट सेवाग्राही आउने र उनीहरु यहाँ लापरवाह हिड्ने तथा होटल,पसलहरु प्रयोग गर्ने भएकोले पनि आफूहरुले असुरक्षित महसुस गर्ने गरेको स्थानीयले गुनासो गरेका हुन् ।

    यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख विमलप्रसाद भट्टराई भने कार्यालयको कमजोरी मान्न तयार छैनन् । आफूहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा लिन जति आग्रह गरेपनि सेवाग्राहीले अटेर गरेको उनको जिकिर छ । ” उहाँहरुका कारण हामी पनि असुरक्षित महसुस गरिरहेका छौं ।” भट्टराईले भने । उनले सेक्युरिटी कर्मचारी नभएकाले सेवाग्राहीलाई बाध्य बनाउन नसकेको बताए ।”हामीले भनेको उहाँहरु मान्नु नै हुन्न । भित्रबाट जति कराए पनि बाहिर भद्रगोल भीड गरेर बस्नुहुन्छ । काम गर्नु कि कराएर बस्नु ?” कार्यालयका प्रमुख भट्टराईले उल्टै प्रतिप्रश्न गरे ।

    भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगर्नेलाई कारवाही हुने बताइन् । ”यदि तोकिएको सुरक्षा मापदण्ड पालना गरिएको छैन भने संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार कारवाही हुन्छ ।” उनले भनिन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...