News Portal

  • ठिमीमा पत्रिकाको ग्राहक बनाउन आएकी किसोरीलाई जबर्जस्ती करणी गर्ने युवक पक्राउ

    बाबुराम दाहाल / भक्तपुर पोस्ट ठिमी, ७ साउन
    २१३७ पटक
    ठिमी, ७ साउन

    पत्रिकाको ग्राहक बनाउन आएकी किसोरीलाई जबर्जस्ती करणी गरी बच्चा पाउन बाध्य बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त मध्यपुर ठिमीस्थित मध्यपुर अस्पताल अगाडी मासु पसल गर्ने राजेश भनिने सुरेश भण्डारी हुन् ।

    २०७६ जेठ २७ गते भण्डारीले जबरजस्ती करणी गरेकी किसोरीको गर्भ रहन गएको र २०७६ माघ २६ गते उनले छोराको जन्म दिन बाध्य बनेको उजुरीपरेपछी भण्डारीलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    कसरी भयो घटना
    महानगरीय प्रहरी वृत्त थिमिमा परेको उजुरी अनुसार पिडित भनिएकी १७ वर्षिया किसोरी पत्रिकामा ग्राहक बनाउने काम गर्थिन । सोहीक्रममा उनी २०७६ जेठ २७ गते मध्यपुर ठिमीस्थित मध्यपुर अस्पताल अगाडी मासु पसल गर्ने राजेश भनिने सुरेश भण्डारीको कोठामा पुगिन । २२ वर्षीय भण्डारीले आफू पत्रिकाको ग्राहक बनिदिने बताए । तर पैसा आफ्नो कोठामा रहेको भनी उनले पैसा दिने निहुँमा किसोरीलाई आफ्नो कोठामा पुर्याए ।

    पत्रिकाको ग्राहक बनाउन पुगेकी किसोरीमाथी नसोचेको अपराध आइपर्यो । उनलाई एक्लो पारी भण्डारीले डर, धाक धम्की दिई जबर्जस्ती करणी गरे ।

    किन भयो उजुरीमा ढिलाई

    जबर्जस्ती करणीको शिकार भएपछि किसोरी आत्तिइन् । डरत्रास र लाजका कारण उनले उक्त कुरा कसैलाई भनिनन् । जबरजस्ती करणी गरेकी किसोरीको गर्भ रहन गयो र अनपेक्षित गर्भ भएपनि गर्भपतनको समय घर्किसकेको थियो । २०७६ माघ २६ गते उनले छोराको जन्म दिन बाध्य बनिन् ।

    यो बिचमा पीडक भनिएका रामेछापको खाँडादेबी गाउपालिका वडा नं. ९ स्थायी घर भै मध्यपुर अस्पताल अगाडी मासु पसल गर्ने राजेश भनिने सुरेश भण्डारी फरार भैसकेका थिए । जबरजस्ती करणी मुद्दाको कसुर बमोजिम एक बर्षे हदम्याद भएता पनि कोभिड-१९ संक्रमणको कारण गत चैत ११ गतेबाट भएको बन्दाबन्दीको अवधिलाई शुन्य समय मानिने सर्वोच्च अदालतको निर्णय अनुसार जबरजस्ती करणी मुद्दाको एक बर्षे हद म्याद बाँकी नै रहेको हुँदा महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दर्ता भयो ।

    यसरी पक्राउ परे भण्डारी

    अभियुक्त भण्डारीले मध्यपुर अस्पताल अगाडीको मासु पसल छोडिसकेका थिए । उनी काठमाडौंको कालिमाटीमा पसल गरेर बसेका थिए । असार १४ गते जबर्जस्ती करणीको जाहेरी दर्ता भएपछी महानगरीय प्रहरी वृत्त ठिमीले भण्डारीको खोजी तिब्र बनायो । थिमि वृत्तबाट खटिएको विशेष प्रहरी टोलीले मंगलवार साँझ कालिमाटीबाट भण्डारीलाई पक्राउ गर्न सफल भएको र उनलाई थप अनुसन्धानका लागि बुधवार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि महानगरीय प्रहरी वृत्त थिमिमा राखिएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले बताइन् ।

    पिडित किसोरी र बच्चा प्रहरी निगरानीमा

    पिडित भनिएकी १७ वर्षिया किसोरी र उनले जन्म दिएको बच्चालाई प्रहरीले उद्दार गरी सामाजिक संस्थाको जिम्मामा सुम्पिएको एसपी तारादेवी थापाले जानकारी गराइन् । उनका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...