News Portal

  • लाइसेन्स बनाइदिन्छु भनेको आरोपमा ठिमी बस्ने पाण्डे पक्राउ

    भक्तपुरपोष्ट संवाददाताठिमी, १३ साउन
    १०५३ पटक
    ठिमी, १३ साउन

    सवारी चालक अनुमतिपत्र (लाईसेन्स)बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक मुगुको खत्याड -८ स्थायी ठेगाना भइ मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने २५ वर्षीय प्रेम राज पाण्डे हुन् ।

    उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा त्यहा स्थित यातायात कार्यालयबाट सेटिङ मिलाइ लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम मागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको बताइएको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...

    आशापुरीमा झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन

    भक्तपुरको सूर्यविनायक- ८ संगै जोडिएको काभ्रेको बनेपा-१४ आशापुरीमा श्री झ्याङ्छुप छ्योर्तेन स्तुपा र बुद्धपार्कको उद्घाटन...

    बिमान दुर्घटनामा सूर्यविनायक नगर अस्पतालका निर्देशक बर्माको भाइको निधन

    बुधवार बिहान त्रिभुवन बिमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ...

    सौर्य एयरलाइन्स विमान दुर्घटना: १५ जनाको गयो ज्यान, ४ को जिवितै उद्धार

    सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । उद्धार...

    बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

    बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र...