News Portal

  • चाँगुनारायणमा जुवाकै खालबाट साढे तीन लाख नगदसहित ९ जुवाडे पक्राउ

    भक्तपुरपोस्ट संवाददाताचाँगुनारायण, १५ साउन २०७७
    २०९२ पटक
    चाँगुनारायण, १५ साउन २०७७

    भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ फैढोकामा जुवाको खालबाट ९ जुवाडे पक्राउ परेका छन् । बिहिवार स्थानीय सरोज थापाले कुखुरा पालनका लागी बनाएको टहरामा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

    जुवाको खालबाट प्रहरीले ९ बुक ताससँगै तीन लाख अड्तीस हजार तीन सय पैतीस रुपैया बरामद गरेको छ । तास खेलिरहेका छन् भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक भगवती तिमिल्सेनाको कमाण्डमा खटिएको टोलिले पक्राउ गरेको हो ।
    प्रहरीले टहरोलाई घेराबन्दी गरी जुवा खेलिरहेका ९ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका डीएसपी दिपक गिरीका अनुसार पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर– ५ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने ३९ वर्षीय सागर लामिछाने, काभ्रेपलाञ्चोक चौरी देउराली– २ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने ४० वर्षीय श्याम शाक्य र रामेछाप दोरम्बा– ३ घर भई हाल काठमाडौं सुन्धारा बस्ने २९ वर्षीय सुमन श्रेष्ठ रहेका छन् ।

    यस्तै, ओखलढुंगा खिजीकाति– ९ घर भई हाल भक्तपुर ब्यासी बस्ने ३९ वर्षीय आशिष खत्री, काभ्रेपलाञ्चोक बनेपा–९ घर भएका ४७ वर्षीय दान बहादुर सुवाल, रामेछाप दोरम्बा– ४ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने २९ वर्षीय चेत बहादुर थापा मगर र काभ्रे चौरीदेउराली–३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २९ वर्षीय समीर तामाङ रहेका छन् ।

    पक्राउ पर्नेमा मकवानपुर हेटौडा– १८ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ३३ वर्षीय कृष्ण बहादुर मोक्तान र रामेछाप दोरम्बा– ३ घर भई हाल काठमाडौं ठुलो भर्याङ बस्ने २८ वर्षीय नारायण थापा मगर रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...