News Portal

  • भक्तपुरका सशस्त्र एसपी भट्टराई सीमा सुरक्षामा सरुवा : बिदाइ कार्यक्रम सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ साउन
    २२२५ पटक
    भक्तपुर, १७ साउन

    भक्तपुरका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी विश्वकुमार भट्टराईको बिदाइ गरिएको छ । सशस्त्रको सीमा सुरक्षा विभागमा सरुवा भएका भट्टराईलाई शुक्रवार बिदाइ गरिएको हो ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाल, नेपाली सेना वीरदल गणका गणपती शिवप्रसाद पौडेल,महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापा, राष्ट्रिय अनुसन्धानका भक्तपुर प्रमुख सुरेन्द्र कोइराला, भक्तपुरबाट भर्खरै निवृत्त निवर्तमान सहायक सिडिओ दिलिप लामिछाने लगायतले एक विशेष कार्यक्रमका बीच एसपी भट्टाराईको बिदाइ गरेका हुन् ।

    बिदाइको क्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुरमा सशस्त्र प्रहरीका एसपी भट्टराईको कार्यकाल आफूले सशक्त र प्रभावकारी पाएको बताएकी थिइन् । कोभिड १९ को महामारी नियन्त्रणका लागि उनले पुर्याएको योगदानको प्रजिअ पाण्डेले प्रशंसा गरिन् । उक्त अवसरमा उनले आफूलाई गृह मन्त्रालयले उत्कृष्ट सिडिओको रुपमा मूल्यांकन गरेको खुशी साट्दै यसको श्रेय सबै कार्यालय प्रमुखहरुलाई जाने हुनाले एसपी भट्टराईको सहयोग र कार्यसम्पादन प्रति सन्तोष व्यक्त गरिन् । कार्यक्रममा सहभागीहरुले एसपी भट्टराईलाई मायाको चिनो प्रदान गरेका थिए भने उनको व्यक्तित्व र कार्यशैलीबारे कुरा गर्दै उनले नयाँ जिम्मेवारी पनि थप कुशलता र सक्रियताका साथ् पूरा गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए ।

    सशस्त्र प्रहरी बल नेपाल, २२ नं गण भक्तपुरका गणपतीको रुपमा कार्यरत रहेका भट्टराईको केन्द्रीय कार्यालय अन्तर्गत कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएको हो । साउन महिना देखि नै सरुवा भएको ठाउँबाट तलबभत्ता र रासन सुबिधा लिने गरी ८ गते भएको ७१ एसपीको सरुवामा भट्टराई पनि परेका हुन् । सधै हासिरहने हसिलो मुहारका धनी भट्टराई फौजी दम्भ नभएका मिजासिला सशस्त्र प्रहरी उपरीक्षकका रुपमा स्थानीय जनतामाझ भिजेका थिए । उनको ठाउँमा उद्धव बहादुर न्यौपानेको सरुवा भएको छ ।

    सच्याइएकाे : सरुवा भई आएका सशस्त्र प्रहरी उपरीक्षक श्री उद्धव बहादुर न्यौपाने हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ  ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...