News Portal

  • कसरी फैलियो प्रहरी प्रधान कार्यालयभित्रै कोरोना ?

    ७३५ पटक

    काठमाडौं, साउन १९ । प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान कार्यालय अहिलेसम्म अनभिज्ञ छ ।

    प्रधान कार्यालयमा सुरुमा ११ साउनमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएकामा आइतबारसम्म ९ नौ दिनको अवधिमा संक्रमितको संख्या ७२ पुगेको छ । सुरुमा संक्रमण पुष्टि भएका प्रहरीमध्ये तीन जना सवारी र एक जना सञ्चार शाखामा कार्यरत थिए ।

    उनीहरूलाई सामान्य ज्वरो आएपछि उपचारका लागि प्रहरी अस्पताल पठाइएको थियो । प्रहरी अस्पतालले भने कोरोनाको आशंकामा उनीहरूलाई परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाएको थियो । सो क्रममा प्रहरी प्रधान कार्यालयका प्रहरीमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।

    प्रधान कार्यालयले हालसम्म संक्रमण पुष्टि भएका प्रहरीहरूसँग सम्पर्कमा रहेका ५६ जना प्रहरीलाई प्रधान कार्यालयभित्रै क्वारेन्टिनमा राखेको छ ।

    प्रधान कार्यालयले सुरुमा संक्रमण पुष्टि भएकाहरूबाटै संक्रमणको स्रोत खोजी गरिरहेको छ । प्रहरीले राजधानीमा भइरहेका प्रदर्शनहरूबाट समेत संक्रमण सरेको हुन सक्ने आशंका गरेको छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...