News Portal

  • एसईई नतिजा तयारी पूरा, बोर्ड बैठकको पर्खाइमा

    ६३२ पटक

    काठमाडौं, २० साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कक्षा १० का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई जानकारी गराएका छन् ।

    बोर्ड बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ । योपटक सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर विद्यार्थीको नतिजा बोर्डमा पठाएका थिए । स्कुलले पठाएको नतिजालाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । बोर्डका अनुसार एसईईमा सहभागी हुन ४ लाख ८२ हजारले फाराम भरेका थिए । तर कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर नतिजा दिन व्यवस्था गरिएको हो ।

    बोर्डमा जानकारी गराएपनि कहिले बैठक बस्ने भन्ने निक्र्यौल भएको छैन । विगतमा तयारी पूरा हुने बित्तिकै नतिजा सार्वजनिक गर्ने चलन थियो । तर यस पटक स्कुल आफैले मूल्यांकन गरेको नतिजालाई प्रमाणीकरणका लागि मात्रै बोर्डमा पठाएकोले नतिजा कस्तो आउने हो भन्ने कौतुहलता छैन । खकुरेलले भने, ‘आज सार्वजनिक हुने सम्भावना कम छ । भोलि गाईजात्राको दिन पनि नतिजा आउने सम्भावना छैन । पर्सितिर मात्रै सार्वजनिक हुन्छ कि ? अन्नपुर्ण पोष्ट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...