News Portal

  • बिना मास्क हिड्नेलाई १ सय जरिवाना गराउँदै भक्तपुर प्रहरी

    निकेशा अधिकारी (तारा)/ भक्तपुरपाेस्टभक्तपुर, २० साउन
    २६९४ पटक
    भक्तपुर, २० साउन

    दुई किसोरीहरु प्रहरीसंग हारगुहार गरिरहेका थिए । उनीहरुलाई कुनै समस्या परेको भने थिएन । न त कुनै अपराधीलाई सजाय नै दिलाउनु थियो । बरु उनीहरुले उल्टै कानुनको उलंघन गरेका थिए । बिना मास्क हिँडडुल गरेपछि उनीहरु प्रहरीको फन्दामा परेका थिए । उनीहरुमध्ये एक किसाेरी बिना मास्क घुम्न निस्किएकी थिइन् । प्रहरीले रु १ सय जरिवाना गराउन खोजेपछि उनीहरु अबदेखि गल्ति नगर्ने बाचा गरिरहेका देखिन्थे ।

    यो दृश्य भक्तपुर दरवार स्क्यायरको हो । दरवार स्क्यायरको बाटो गरेर हिड्ने मानिसहरुलाई प्रहरीले निगरानीमा राखेको ड्युटीमा खटिएका प्रहरीले जानकारी गराए । बिना मास्क हिँड्डुल गर्नेलाई सचेत गराउने र रु १ सय जरिवाना गराउने निर्देशन भएपछि त्यसको कार्यान्वयन गरिएको प्रहरीको भनाइ छ । प्रहरी रसिद नै लिएर जरिवाना उठाउन बसेकाे देखिन्छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख रहेकी प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार मास्क नलगाई हिड्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशन बमोजिम जरिवाना गराइएको हो । संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार सरकारी आदेश नमानी मास्क नलगाई हिड्नेलाई रु १ सय जरिवाना गरिएको थापाले बताइन् । उनका अनुसार भिडभाड हुने स्थल पहिचान गरी मानिसहरुलाई निगरानीमा राख्न ब्यापक प्रहरी परिचालन गरिएको छ । दैनिक सयौं मानिसहरुलाई जरिवाना गराई सचेत गराएर छाडिएको उनको भनाइ छ।

    जिप्रका भक्तपुरले आइतवारबाट जरिवाना गराउन थालेको हो । साउन ७ बाट खुलेको लकडाउनपछि उपत्यकामा संक्रमण बढेका कारण गृह मन्त्रालयले मास्क प्रयोगलाई अनिवार्य गरेको छ । गृह मन्त्रालयको निर्देशन बमोजिम जिप्रका भक्तपुरले मास्क प्रयोग नगर्नेलाई निरुत्साहित गर्न जरिवाना गराएको प्रजिअ हुमकला पाण्डे बताउछिन् । मास्क नलगाउने मानिसहरुलाई कोभिड १९ संक्रमणको जोखिम प्रति सचेत गराउनु यसको उदेश्य रहेको प्रजिअ पाण्डेले प्रष्ट पारिन् । उनका अनुसार संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार मास्क लगाउन दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु. १००।– सम्म जरिबाना वा दुवै सजाय हुनसक्छ ।

    ड्युटीमा खटिएका प्रहरी भने मास्क नलगाएका मानिसहरुसंग आजित छन् । मास्क नलगाई हिड्नेहरुमा धेरैजसो बालबालिका र जेष्ठ नागरिक रहेको र उनीहरुलाई जति सचेत गराए पनि नभएको प्रहरीको गुनासो छ । ”युवाहरुलाई कडाइ गरेर पनि जरिवाना तिराइन्छ तर बालबालिका र जेष्ठ नागरिकलाई जरिवाना गराउन धेरै गाह्रो महसुस गरिएको छ ।”नाम नबताउने सर्तमा ड्युटीमा खटिएका एक प्रहरीले भने ।

    बालबालिका र जेष्ठ नागरिकलाई कोभिड १९ को जोखिम झन् ज्यादा रहने हुँदा अनावस्यक काममा बाहिर ननिस्कन र निस्कीनै परे मास्क लगाउन र स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजार सुझाव दिन्छन् । कोभिड संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन मास्कको प्रयोगलाई आम मानिसहरुले अनिवार्य गर्नुपर्ने र सामाजिक दुरी कायम राख्नुपर्ने उनको भनाइ छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...