भक्तपुरमा बुधवार बेलुकी पिच सडकमै एक कार पल्टिएको छ । भक्तपुर १ स्थित सैनिक महाविद्यालय नजिकको ओरालोमा कार पूरै उत्तानो परेर पल्टिएको हो ।
बेलुकी करिब ४ बजेको समयमा बा ५ च २७३१नम्बरको कारले अकस्मात २ बल्ड्याङ्ग खाएको थियो । दूधपाटीबाट सल्लाघारी तर्फ आउदै गरेको उक्त कार सैनिक महाविद्यालय नजिकको ओरालोमा २ बल्ड्याङ्ग खाएको हाे ।
कार पल्टिएपछि चालक करिब २७ वर्षिय पुरुष र कारमा सवार करिब २२ वर्षिय महिलालाइ उद्धार गरी नजिकै रहेकाे इवामुरा स्मृति अस्पताल पुर्याइएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार दुर्घटनाकाे प्रकृती हेर्दा खतरनाक देखिएपनि उनीहरु दुवै सामान्य घाइते मात्र भएका छन् ।