News Portal

  • डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुखसहित ३ कर्मचारीहरुकाे बिदाइ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ साउन
    २१८० पटक
    भक्तपुर, २२ साउन

    डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख विष्णुप्रसाद काफ्ले सेवा निवृत्त भएका छन् । बुधवार कार्यालयले उनको सुखद निवृत्त जीवनको शुभकामना सहित बिदाइ गरेको छ ।

    बिदाइ कार्यक्रममा इन्जिनियर जीवराम अधिकारीले कार्यालय प्रमुख काफ्लेबाट नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए । हचुवाको इस्टिमेट कहिल्यै स्वीकार नगर्ने उनी प्रमाण र डकुमेण्टमा मात्र बिस्वास गर्ने स्वभावका रहेकाले इस्टिमेटमा कहिल्यै धोका नभएको अधिकारीले अनुभव सुनाए । कामप्रति पूर्ण जिम्मेवारी बहन गर्ने प्रमखका रुपमा मन्त्रालयमा परिचित काफ्ले स्थानीय समुदायलाई आफ्नो पक्षमा सजिलै पार्न सक्ने क्षमताका भएको उनको भनाइ छ । कार्यक्रममा लेखा अधिकृतले कार्यालय प्रमुखका रुपमा काफ्ले शालीन,भद्र र बौद्धिक भएको बताए । आर्थिक प्रशासनको काममा काफ्लेले कहिल्यै दबाब नदिएको उनकाे दावी छ ।

    उक्त अवसरमा उपस्थित कर्मचारीले काफ्लेको कार्यकालमा भक्तपुर सडक एक परिवार जस्तै हासिखुसी मिलेर काम गरेको भन्दै उनको आवश्यकता आफूहरुलाई महसुस भैरहने भनेका थिए । बुधवारबाट निवृत्त भएका प्रमुख काफ्लेले जागिर खाएपछि अवकाश हुने सामान्य प्रक्रिया भएकोले यो सबैमा लागू हुने भन्दै अवकाशपूर्व आफ्नो कार्यकाल राष्ट्रसेवामा अविस्मरणीय बनाइराख्नुपर्ने आवस्यकता औल्याए । बि.स.२०४४ सालमा मनाङ्गबाट सरकारी सेवा प्रवेश गरेका उनले अनिवार्य अवकास प्राप्त गरेका हुन् । भक्तपुर आउनु अघि उनले बिभिन्न डिभिजन र परियोजना प्रमुखको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए । कान्ति राजपथमा राजा महेन्द्रपछि गाडी पुर्याएकाे श्रेय उनले पाएका छन् ।

    बुधवार डिभिजन सडकले आफ्ना प्रमुख काफ्लेसंगै अन्य २ कर्मचारीको पनि बिदाइ गरेको छ । स्वेच्छिक अवकाश लिएका शाखा अधिकृत टीकाराम गेलाल र बढुवा भइ मध्यपहाडी लोकमार्गमा पोस्टिङ्ग भएकी इन्जिनियर बिन्दु अधिकारीको बिदाई कार्यक्रम समेत सम्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...