News Portal

  • भक्तपुरका शुद्धकार दम्पती काठमाडौंस्थित आश्रममा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ साउन
    १६८९ पटक
    भक्तपुर, २२ साउन

    भक्तपुर स्थायी ठेगाना भएका ७२ बर्षिय असहाय हरि बहादुर शुद्धकार र उनकी ४० बर्षीय श्रीमतीलाई मानवसेवा आश्रम काठमाडौं शाखाले उद्धार गरेको छ । बुधवार उनीहरुलाई उद्धार गरी आश्रममा राखिएको हो ।

    भक्तपुर स्थायी ठेगाना भएका शुद्धकार गएको पुष महिना सम्म काठमाडौंको चन्द्रागिरी स्थित एक उद्योगमा मेकानिक काम गर्दथे । प्यारालाइसि भएपछि उनी विगत ८ महिना देखी काममा जान सकेका थिएनन् । कोठा भाडा तिर्ने पैसा समेत नभएपछि उनी श्रीमती सहित सडकजीवन विताउन बाध्य भएका थिए ।

    जाँड रक्सि र कुनै अम्मल नपिउने शुद्धकारको स्वभाव राम्रो भएकै कारण नैकाप शिवमन्दिर नजिकै रहेको एक परिवारले घरको पिँडीमा बास दिदै आएका थिए । सधै पिडीको बासले नहुने भएपछि मानव सेवा आश्रमले उद्धार गरेको हो ।

    चन्द्रागिरी नगरपालिकाकाको अनुरोधमा उनीहरुलाई उद्धार गरी मानवसेवा आश्रम बुढानिलकण्ठ उपसेवा केन्द्रमा राखिएको आश्रमले भक्तपुरपोस्टलाई जानकारी गराएको छ । शुद्धकारको स्थाई घर भक्तपुर रहेको र कोहीपनि परिवारको आफन्तहरु समेत नभएको बुझिएको आश्रमकाे भनाइ छ ।

    मानवसेवा आश्रम काठमाडौं शाखा काठमाडौं महानगरपालिकाको सहकार्य र जनमन संकलन अभियानबाट सञ्चालन हुँदै आइरहेको बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...