News Portal

  • कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने

    ६५४ पटक

    काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा फाराम भरेकाको पैसा फिर्ता गर्ने भएको छ । कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि विद्यार्थीको पैसा सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने बोर्डले जनाएको छ ।

    तर परीक्षाको लागि लिएको ६ सय रुपैंया मध्ये प्रति विद्यार्थी चार सय मात्रै फिर्ता दिने निर्णय बोर्डले गरेको छ । दुई सय रुपैंया परीक्षाको तयारी तथा प्रश्नपत्र छपाइ लगायतमा खर्च भएकोले फिर्ता दिन नसकिने बोर्डको भनाइ छ । उक्त रकम विद्यार्थीको कक्षा १२ को परीक्षा फाराम भर्ने समयमा मिनाहा गर्ने पनि बोर्डले जनाएको छ ।

    बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भने आफैँ सञ्चालन गर्दैछ । कक्षा ११ को परीक्षा भने सम्बन्धित विद्यालयले सञ्चालन गर्नेछन् । पुरक तर्फका विद्यार्थीको शुल्क ट्रान्सकिप्ट लिने बेला मिलान गरिनेछ । बोर्डले परीक्षा सञ्चालन गर्दा परीक्षा आवेदन बापत ६ सय र रजिस्ट्रेसन शुल्क बापत ४ सय गरी प्रति विद्यार्थी एक हजार रुपैयाँ शुल्क लिँदै आएको थियो ।

    यो वर्ष ११ कक्षामा जम्मा ५ लाख ३२ हजार विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए । बोर्डमा कक्षा ११ को परीक्षा शुल्क रजिस्ट्रेसन बापत ५३ करोड २० लाख रुपैयाँ जम्मा भएको थियो । अन्नपुर्ण पोष्टबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...