News Portal

  • मुसहर बस्तीमा आक्रमण गर्ने ६ जनालाई आत्महत्या दुरुत्साहनमा अनुसन्धान

    विराटनगर, २४ साउन
    १०२२ पटक
    विराटनगर, २४ साउन

    मोरङको बुढीगंगा गाउँपालिका–२ मुसहरी बस्तीमा आक्रमण गर्ने ६ जनालाई प्रहरीले शुक्रबार पुनः पक्राउ गरेको छ । घटनामा संलग्न १२ जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा किटानी जाहेरी दर्ता भएसँगै ६ जना पक्राउ परेका हुन् । अन्य ६ जना भने फरार छन् ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का १८ वर्षीय दीपक साह, २५ वर्षीय ब्रह्मदेव यादव, २६ वर्षीय सञ्जय यादव, ३२ वर्षीय विन्दु यादव, ३६ वर्षीय उत्तिमलाल यादव र ४५ वर्षीय राजदेव यादव छन् । स्थानीय वैजनाथ यादवले १९ साउनको राति भाडामा मगाएका गुन्डाहरूले मुसहर बस्तीमा प्रवेश गरी पाँचजनालाई तरबार, भाला र रडले मरणासन्न हुने गरी आक्रमण गरेका थिए । घटनालगत्तै पुगेको प्रहरीले पाँच आक्रमणकारीलाई पक्राउ गरेको थियो । प्रहरीले दोषीमाथि कारबाही गर्नुको सट्टा मिलापत्र गराएर घटना ढाकछोप गर्ने प्रयास गरेको थियो । त्यसमा स्थानीय बासिन्दाले असहमति जनाउँदै विरोध गरेपछि इलाका प्रहरी कार्यालय निमुवाले पक्राउ गरिएकाहरूलाई जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।

    जिप्रकाले मुद्दा नै दर्ता नगरी उनीहरूलाई २० साउनमा विराटनगर–१४ का निमित्त वडाध्यक्ष महिचन यादवको रोहवरमा छाडेको थियो । आक्रमणकारीहरूलाई प्रहरीले छाडेपछि पीडित परिवारकी एक त्रसित महिलाले बिहीबार आत्महत्या गरेकी थिइन् ।

    बुढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रञ्जित यादव, ४० वर्षीय वीरेन्द्र गडेरी, २५ वर्षीय धीरेन गडेरी, २५ वर्षीय सुरेन गडेरी, ३० वर्षीय चलमलिया यादव र अर्का एकजना अझै फरार छन् । उनीहरूको खोजी तीव्र रूपले भइरहेको प्रहरीले जनाएको छ ।

    आत्महत्या दुरुत्साहन कसुरमा पनि अनुसन्धान गर्ने

    मध्यराति जघन्य आक्रमणबाट आमा घाइते भएपछि त्रासका कारण २४ वर्षीया उर्मिला ऋषिदेवले आत्महत्या गरेकी थिइन् । सो घटनाबारे पनि अनुसन्धान गर्ने मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले प्रतिबद्धता जनाएका छन् । शुक्रबार दलित अगुवालाई एसपी खड्काले घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने र आत्महत्याको घटना पनि अनुसन्धान गरेर दुरुत्साहन कसुर पाइएमा थप कानुनी कारबाही चलाउने बताए ।

    जाहेरी दर्तापछि पीडितले शव बुझे

    मुसहर बस्तीमा गुन्डा लगाएर मध्यराति आक्रमण गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही नचलाएसम्म आत्महत्या गरेकी उर्मिलाको शव नबुझ्ने अडान दलित अगुवाले लिएका थिए । प्रहरी प्रमुखले घटनाका आरोपीलाई पक्राउ गरेर अदालतमा म्याद थप गराई आत्महत्याको घटनामा पनि अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि शव उठाइएको छ । शुक्रबार विराटनगरमा भएको दलित अगुवाको भेलाले कडा संघर्ष गर्ने निर्णय गरेको थियो । (नयाँ पत्रिकाबाट)

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...