News Portal

  • निजी क्षेत्रका लागि छैन बाध्यात्मक व्यवस्था तर सटडाउन गर्नु बुद्धिमानी : सिडिओ हुमकला पाण्डे

    संजीप शुभचिन्तक भक्तपुर, २४ साउन
    ३०४० पटक
    भक्तपुर, २४ साउन

    आइतवारबाट २ साताका लागि कार्यालय सट डाउन गर्ने उपत्यकाका तीनैवटा जिल्लाका सिडिओहरु सम्मिलित बैठकले निर्णय गरेपछि मानिसहरु तरंगित बनेका छन् । खासगरी निजी क्षेत्रका ब्यवसाय र कार्यालयहरु बन्द हुने वा नहुने भन्ने जनचासोको विषय बनेको छ ।

    भक्तपुरकी सिडिओ हुमकला पाण्डेले भक्तपुर पोस्टलाई बताए अनुसार कोभिड १९ संक्रमणको जोखिम कार्यालयहरुमा बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको हो । उनका अनुसार निजी क्षेत्र पनि जोखिमबाट अछुतो छैन । निजी क्षेत्रले पनि कोभिड १९ को संक्रमण रोक्न कार्यालयहरु खोल्न नहुने उनको सुझाव छ । तर,  निजी क्षेत्रलाई सट डाउनका लागि कुनै बाध्यात्मक व्यवस्था भने गरिएकाे छैन । ”निजी क्षेत्रलाई सट डाउनका लागि कुनै बाध्यात्मक व्यवस्था छैन यदि जोखिम महसुस भएको छ भने बोर्ड, संचालक अथवा कार्यालय प्रमुखले सेवा बन्द गर्नु बुद्धिमानी हुन्छ ।” उनले बताइन् ।

    उपत्यकाका तीनैवटा सिडिओ कार्यालयहरुले दुई साताको लागि सामान्य सेवा बन्द गरेको जानकारी गराउदै सिडिओ पाण्डेले अन्य सरकारी कार्यालयहरुले पनि अत्यावश्यक सेवा बाहेकका सामान्य सेवा बन्द गर्ने बताइन् । उनका अनुसार सरकारी कार्यालयका सेवा बन्द भएपछी निजी क्षेत्र पनि स्वत प्रभावित हुन्छन र उनीहरुका धेरै काम रोकिन्छन् । यसर्थ, निजी क्षेत्रबाट संचालित व्यवसाय तथा कार्यालयहरुले पनि सेवा बन्द गर्दा उत्तम हुने उनको सुझाव छ ।

    प्रजिअ पाण्डेले आफूहरुले सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन पालना गरे/नगरेको ब्यापक अनुगमन गर्नेसमेत बताइन् । सटडाउनमा मास्क नलगाउने, सामाजिक दूरी कायम नगरी भीडभाड गर्ने र असुरक्षित तवरले निजी कार्यालय र व्यवसाय चलाउनेलाई कडा कारवाही गर्ने जानकारी गराइन् ।

    ”लकडाउनले निजी क्षेत्रलाई असर गरेको छ तर यसो भन्दैमा हामी भावनामा बग्नु हुँदैन । संक्रामक रोगको रुपमा बिश्वब्यापी महामारीको रुपमा आएको कोभिड १९ प्रकोपबाट पिडित अन्य राष्ट्रहरुबाट हामीले पाठ सिक्नुपर्छ । जीवन रहे मात्र जागिर र व्यवसाय रहने हो ।” प्रजिअ पाण्डेले प्रष्ट पारिन् ।

    स्वास्थ्य सुरक्षा सम्बन्धी सरकारी निर्देशन नमान्नेहरुप्रति कठोर भएर कारवाही गरिने उनले जिकिर गरिन । संक्रामक रोग नियन्त्रण ऐन अनुसार उनीहरु उपर १ सय रुपैया जरिवाना, १ महिना कैद वा दुवै सजाय हुनसक्ने प्रजिअ पाण्डेले जानकारी दिइन् ।

    ”जनता सचेत नहुने हो भने कोभिड १९ नियन्त्रण गर्न सकिदैन । अटेरी गर्नेलाई हामी जेल हाल्छौं ।” उनले भनिन् । आफूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र अरुलाई पनि पालनाका लागि प्रेरित गर्न अपिल गर्दै प्रजिअ पाण्डेलेले कोभिड १९ बिरुद्धको लडाईमा सबैको साथ आवश्यक रहेको बताइन् ।

    चैत ११ बाट भएको लक डाउन साउन ७ मा खुलेसंगै कोभिड १९ संक्रमण दर बढ्दै गएको देखिन्छ । यसकाकारण देशभर २२ हजार बढी संक्रमित भएका छन् जसमध्ये ७0 जनाको ज्यान गैसकेको अवस्था छ । पछिल्लो समय उपत्यकामा कोभिड १९ को उच्च जोखिम देखिएको छ । उपत्यकामा शुक्रवार एकैपटक १२४ संक्रमित थपिएका छन् । यो संगै कूल संक्रमित संख्या ९८२ जना पुगेको छ जसमा सक्रिय संक्रमित अर्थात, उपचार गराइरहेकाको संख्या ६४६ छ ।

    भक्तपुरमा हालसम्म कूल ८२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ३२ जनामा अझै संक्रमण कायमै छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...