News Portal

  • सरकारले वितरण गर्ने सिटामोल पनि गुणस्तरहीन

    ७७० पटक

    काठमाडौं, साउन २५ । स्वास्थ्य संस्थाहरुबाट वितरण गरिने अति आवश्यक औषधिको गुणस्तर अध्ययन गर्दा ३७ वटा ब्याच उचित गुणस्तरको नभएको पाइएको छ जसमा ज्वरो आउँदा सेवन गर्ने सिटामोल पनि छ ।

    कुल ६२ स्वास्थ्य संस्थाहरु र पाँच क्षेत्रीय मेडिकल स्टोरले गरेको अध्ययनले यो नतिजा निकालेको हो । प्रतिवदेनमा कुल ६२ स्वास्थ्य संस्था पनि संलग्न थिए । यस अध्ययनले १७ वटा जिल्ला अस्पताल, तीनवटा अञ्चल अस्पताल, एक क्षेत्रीय अस्पताल, २१ वटा प्राथमिक स्वास्थ्य केन्द्र र २० वटा स्वास्थ्य चौकीहरु समेटिएका छन् ।
    ‘२० प्रकारका औषधिहरुको कुल २४४ ब्याच ल्याबमा टेस्ट गर्दा, २३ वटा नेपाल सरकारद्वारा वितरण भएका ब्याच र १४ वटा ब्याच स्वास्थ्य संस्थाहरुमा अन्य स्रोतबाट आएका छन्’ –प्रतिवेदनमा भनिएको छ ।

    यस अध्ययनमा स्वास्थ्य संस्था तथा क्षेत्रीय मेडिकल स्टोरहरुबाट २० प्रकारका औषधिको कुल ४४ ब्याचहरु संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा गुणस्तर परीक्षणका लागि पठाइएको थियो । प्रतिवदेदनअनुसार, संकलन गरिएका २० प्रकारका औषधिमध्ये सात प्रकारका औषधिहरु गुणस्तरमा फेल भएका छन् ।
    गुणस्तर फेल भएका औषधिमा सिप्रोफ्लोक्सिन हाइडोक्लोरायड आँखा र कानमा हाल्ने झोल, आइरन एप्लिमेन्ट्स ट्याब्लेट, मेट्रोनिडेजोल, प्यारासिटामल पेडियाट्रिक ओरल सस्पेन्सनलगायत छन् ।

    गुणस्तरीय नदेखिएको प्यारासिटामलको ब्याच ३ रहेको जनाइएको छ । यस औषधिको आपूर्तिकर्ता नेपाल सरकार रहेको प्रतिवेदनमा जनाइएको छ । यसै गरी स्थानीय स्रोतबाट आपूर्ति गरिएको प्यारासिटामल– ब्याच ३ को पनि गुणस्तर फेल रहेको बताइएको छ ।

    औषधि भण्डारण गर्दा स्वास्थ्य संस्थाहरुले अपनाउनुपर्ने आधारभूत मापदण्डमा ख्याल नगरेका कारण पनि औषधिको गुणस्तर ह्रास भएको हुन सक्ने बताइएको छ ।
    औषधिलाई सूर्यको प्रत्यक्ष किरणबाट जोगाउनुपर्ने, ओसमा पर्न दिन नहुने, अधिक तापले पनि क्षति पु¥याउने, भण्डार कोठामा हावा आवतजावतको राम्रो व्यवस्था भएको हुनुपर्ने, औषधि भण्डार कोठामा पर्याप्त सरसफाइको आवश्यकता नपुगेका कारण पनि औषधिहरु काम नलाग्ने भएको प्रतिवेदनमा उल्लेख रहेको छ । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...