News Portal

  • जगातीकाे सडक दुर्घटनामा परेका भक्तपुरका २९ वर्षीय युवकको ज्यान गयाे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ साउन
    १५३० पटक
    भक्तपुर, २५ साउन

    शनिवार राति सडक दुर्घटनामा परेका भक्तपुरका एक २९ वर्षीय युवकको ज्यान गएको छ । भक्तपुर न.पा. १० कमलविनायक बस्ने वर्ष २९ को सुमन श्रेष्ठको ज्यान गएको हो ।

    राति करिब ९ बजे जगातीचोकमा उनी सवार मोटरसाइकललाई च्यामासिंहबाट आउदै गरेको बा १९ च ३३८४ नं. को मालबाहक गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागी भक्तपुर अस्पताल पठाईएको उपचारकै क्रममा राति करिब २१:४५ बजेको समयमा सम्बन्धित चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।

    मालबाहक गाडी र गाडी चालक रामेछाप सुनापती गा.पा. ७ खनियापानी घर भई हाल शंखमुल बस्ने वर्ष २१ को नारायण बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...