News Portal

  • नेपाली काँग्रेसका उम्मेदवार नै नेकपामा प्रवेश : सांसद बस्नेतद्वारा स्वागत

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २६ साउन
    २१९१ पटक
    भक्तपुर, २६ साउन

    गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका एक नेता नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ का स्थानीय काँग्रेस नेता एवं गत स्थानीय निर्वाचनका उम्मेदवारसहितको टोली नेकपामा प्रवेश गरेको हो ।

    यसरी नेकपा प्रवेश गर्ने नेपाली काँग्रेसका स्थानीय नेता दिपक नगरकाेटी रहेका छन् । गत स्थानीय तहकाे निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा वडा सदस्यका उम्मेदवार थिए । त्यतिबेला उनी तत्कालिन नेकपा (एमाले) का उम्मेदवारका निकटतम प्रतिस्पर्धी रही पराजित भएका थिए ।

    आइतवार नगरकाेटी नेपाली काँग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) मा प्रवेश गरेका वडा नम्बर ७ का वडाध्यक्ष समेत रहेका नेकपाका स्थानीय नेता रवीन्द्र सापकोटाले जानकारी गराएका हुन् । गुण्डूका स्थानीय एवं पूर्व मन्त्री समेत रहेका नेकपाका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले उनलाई टीका र खादा लगाई पार्टी प्रवेश गराएका सापकोटाले बताए ।

    नेता नगरकोटीसहित छ जना युवाहरु आइतवार सांसद बस्नेतकाे निजी निवासमै पुगी पार्टी प्रवेश गरेका थिए । बिकास निर्माण, सामाज रुपान्तरण र राष्ट्रियताको लागि नेकपाको बिकल्प नभएको ठहर गर्दै आफूहरु नेकपामा समाहित भएको नवप्रवेशीहरुको भनाइ छ ।

    उक्त अवसरमा नेकपाका प्रभावशाली केन्द्रीय सदस्य मानिने सांसद महेश बस्नेतले बिकाशप्रेमी र देशभक्तहरु ढिलोचाँड़ो नेकपामा गोलबन्द हुने जिकिर गर्दै नवप्रवेशीहरुलाई पार्टीले उच्च सम्मान गर्ने र उचित जिम्मेवारी दिने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...