News Portal

  • एउटै गाउँमा ४२ सङ्क्रमितः भारतबाट भित्रियो सङ्क्रमण

    ६१४ पटक

    सप्तरी, २७ साउन । भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो संख्यामा सङ्क्रमित भेटिएको हो ।

    राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लोपटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लौनियामा सङ्क्रमितको संख्या ४२ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

    तिलाठी कोइलाडी गाउँपालिका भरिमा भने १२ महिलासहित ८८ सङ्क्रमित छन् । सप्तरी जिल्लामा सङ्क्रमितको संख्या ६७ महिलासहित ५७६ पुगेको छ । सप्तरी जिल्लामै सबभन्दा बढी सङ्क्रमित भएको स्थानीय तहमा तिलाठी कोइलाडी दोस्रो स्थानमा छ ।

    तिलाठी कोइलाडीमा भएका सङ्क्रमितको आधा संख्या लौनियामै छन् । लौनियाका पान पसले, चिया पसले, कपाल काटने ठाकुरसहित २५ जना सर्वसाधारणको साउन १८ गते एकै दिन सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि लौनियामा समुदायस्तरमै स्वाब सङ्कलन परीक्षण गरिएको थियो ।

    विषसेवनपछि गम्भीर अवस्था भएका लौनियाका ५० वर्षीय एक व्यक्तिलाई गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भएको थियो । उपचारकै क्रममा उहाँमा साउन ९ गते कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रयाकिङ र ट्रेसिङ गर्दै जाँदा उहाँको परिवारका पाँच जना, सम्पर्कमा आएका पुरुष र उहाँको उपचारमा संलग्न तीन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो । खुला सिमानाका कारण भारतको कुनौली बजारमा लुकिछिपी आवतजावत गर्नेहरूका कारण गाउँ आक्रान्त बनेको भन्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले अवस्था नियन्त्रण गर्न कुनौली नाकामा भइरहेको आवतजावतलाई रोकिएको बताउनुभयो ।

    समुदायमा सङ्क्रमण देखिएको लौनिया गाउँमा कोभिड–१९ को सङ्क्रमणबाट जोगिन र जोगाउन माइकिङ गरिएको छ । गाउँमा चिया, नास्ता र मदिरालगायतका पसलहरू सञ्चालनमा रोक लगाइएको छ । टाँसिएको भारतको विहार कुनौली आवतजावत गर्न रोक लगाउँदै प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।
    सो गाउँपालिकाको वडा नं. २ का वडाध्यक्ष खगेन्द्र मण्डलका अनुसार साबुन पानीले हात धुने, बिना कामले घरबाहिर ननिस्किने, सामाजिक दूरी बनाएर मात्र काम गर्ने, किराना पसल दिनको २ बजेदेखि ४ बजेसम्म मात्र खोल्ने, औषधि पसल चौबिसै घण्टा खोल्ने र मास्क लगाउने कार्य उल्लघन गर्नेलाई भौतिक वा आर्थिक कारबाही गरिनेलगायतका निर्णयहरू गरिएको छ ।

    सङ्क्रमितको बढ्दो संख्यालाई ध्यानमा राखेर तिलाठी कोइलाडी गाउँपालिकाले एक सय शय्याको आइसोलेसन केन्द्र पनि सञ्चालनमा ल्याएको छ । हाल यो आइसोलेसन केन्द्रमा ८३ जना सङ्क्रमित छन् । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...