News Portal

  • आज कृष्णाष्टमी राष्ट्रपतिबाट शुभकामना व्यक्त

    ६९४ पटक

    काठमाडौं, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिनुहुँदै यस पर्वले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

    सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘‘श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना जागृत गरी हामीबीचको भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी सबैमा शुभकामना प्रकट गर्दछु ।” ‘‘द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न बासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ” राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ ।

    यसैबीच भाद्र कृष्ण अष्टमीका दिन आज भगवान श्रीकृष्णको जन्म दिन मनाइँदै छ । द्वापर युगमा भारतको मथुरामा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । पिता वासुदेव र माता देवकीको कोखबाट यसै दिन जन्म भएका भगवान श्रीकृष्ण ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । कोरानो भाइरस (कोभिड–१९) को प्रभाव बढिरहेका बेला सचेत भएर कृष्णाष्टमी मनाइँदै छ ।

    ‘‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको उत्थान गर्नेछु,” भन्ने उद्घोषलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ । भगवान श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई उहाँका भक्तजनले आजसम्म अल्हादित हुँदै संस्मरण गर्दै आएका छन् । कृष्ण प्रणामी, कृष्णभक्तको अन्तर्राष्ट्रिय संस्था इस्कोनले विश्वभर नै आफ्नो संस्थामा भव्यताका साथ जन्माष्टमी मनाउँदै आएका छन् । पाटनको कृष्ण मन्दिर, मकवानपुर भैँसेको कृष्ण मन्दिर, मातातीर्थ, हनुमानढोका दरबार परिसर गोठाटारको कृष्ण मन्दिर लगायतका सबै कृष्ण मन्दिरमा यो दिन पूजन हुने भए पनि कोरोनाको बढ्दो प्रभावले घरमै बसेर कृष्णको अर्चना गर्नुु उपयुुक्त हुने पण्डित हरिहर उपाध्याय बताउनुहुन्छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार राजगुठी अन्तर्गतका सबै कृष्ण मन्दिरमा भीडभाड गर्न नदिएर पुजारीले नित्य पूजा गर्नुपर्ने भनिएको छ । आश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र यो भाद्र कृष्ण अष्टमीको मोहरात्रि गरी यी चार रातको निकै महत्व रहेको शास्त्रमा वर्णित छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...