News Portal

  • थिमिस्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा : ६० लाखको क्षती

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, २७ साउन
    १९०७ पटक
    मध्यपुर थिमि, २७ साउन

    सबा ४ बजेदेखि मध्यपुर ठिमीको वडा नं. ६ निकोसेरा स्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट गोदाममा ठूलो भौतिक क्षती भएपनि मानवीय क्षती हुन पाएन ।

    ब्लकको एकतले फाईबरले छाएको टहरोमा बिगत दुई बर्ष देखि संचालित युनाईटेड नेपाल केमिकल प्रा.लि.को गोदाममा विद्युत सर्ट हुँदा आगलागी भएको थियो । रुपन्देही घर भई हाल निकोसेरा बस्ने जीवन श्रेष्ठको गोदाममा आगोलागी भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ एसपी तारादेवी थापा आफै त्यहाँ पुगेकी थिइन् ।

    एसपी थापाको कमान्डमा ठिमी वृत्तका प्रमुख रहेका डिएसपी. ऋषिराम कडेल सहितको प्रहरी टोली, सशस्त्र प्रहरी बल,त्यसैगरी ललितपुर र भक्तपुरबाट ३ वटा दमकल र स्थानीयको सहयोगमा करिब २ घन्टामा आगो नियन्त्रणमा आएको थियो । उक्त गोदाम भित्र रहेको कच्चा पदार्थ सेनिटाईजर, हर्पिक, साबुन, स्याम्पु जस्ता सामानहरु जली नष्ट भएको छ । आगलागीबाट अन्दाजी ६० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।अगलागीबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...