News Portal

  • कोरोना कहरः जोखिममा रेस्टुराँ

    ६१० पटक

    काठमाडौं, २८ साउन । कोरोना भाइरस महामारीबाट आर्थिक रूपमा सबैभन्दा बढी प्रभावितमध्ये पर्यटन क्षेत्र पनि एक हो । त्यसमा सेवामूलक व्यवसाय रेस्टुराँ तथा होटेल अग्रपंक्तिमा छन् । अत्यधिक भीडभाड हुने यो क्षेत्र कोभिड—१९ को प्रकोप फैलिएसँगै पूर्णरूपमा प्रभावित छ ।

    लकडाउन हटे पनि विभिन्न कठिनाइका कारण राम्ररी सञ्चालन हुन सकेको छैन । केही व्यवसायीले व्यवसाय खोल्ने जाँगर देखाए पनि ग्राहकको अभाव छ । त्यसले गर्दा सञ्चालन खर्च मात्रै बढेको व्यवसायीको बुझाइ छ ।

    झम्सिखेलमा भिठो थकाली रेस्टुराँ सञ्चालन गर्दै आएका विप्लव भट्टलाई घरभाडा, कामदारको तलब, बैंकको ऋण कसरी व्यवस्थापन गर्ने भनेर चिन्ता छ । त्यसमाथि प्रत्येक दुई वर्षमा घरबहाल वृद्धि गर्ने सम्झौता छ । यो वर्ष घरबहाल वृद्धि गर्ने वर्ष परेको छ ।

    ‘लकडाउनका कारण पहिलेकै भाडा तिर्न धौधौ छ’, उनले भने, ‘यस्तो अवस्थामा सम्झौताअनुसार घरभाडा वृद्धि गरेर तिर्न सक्ने अवस्था छैन ।’

    ठमेलमा थर्ड आईसहित यिङयाङ थाई रेस्टुरेन्ट, धापासीमा क्याफे त्रिनेत्र र बेकरी नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका तेजेन्द्रलाल श्रेष्ठ पनि तनावमा छन्। ‘लकडाउन हटेपछि जेनतेन गरी व्यवसायलाई निरन्तरता दिएँ । तर, ग्राहककै चर्को अभाव छ ’, श्रेष्ठले भने, ‘दैनिक सञ्चालन गर्दा कामदार राख्नै पर्यो । भान्छा चलाउनै पर्याे, भान्छाका सामग्री जोहो गर्दा अपरेसन खर्च मात्रै बढेको छ ।’

    उनले कोभिडका कारण पछिल्लो ४–५ महिनामा १ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरेको दाबी गरे । श्रेष्ठलाई पनि कर्मचारीको तलब, घरबहाल र बैंककै ऋणको समस्या छ ।

    दरबारमार्ग क्षेत्रका ब्रान्डेड र अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्ट पनि सुनसान छन् । उद्धव ढकालको ओपीएम रेस्टुरेन्ट पनि ग्राहकको अभावमा रित्तिएको छ । साझेदारी अवधारणमा ५ वर्षअघि शेर्पा मलमा ४० कर्मचारी राखेर सुरु भएको उक्त रेस्टुराँ कोभिडको महामारीबाट थला पर्यो ।

    ढकालले भने, ‘चार महिनाको बन्दपछि साउन १ गतेदेखि पुनः खोले पनि कारोबार साबिकभन्दा झन्डै ८० प्रतिशत कम भइसकेको छ । दैनिक सञ्चालन लागत अत्यधिक र कमाइ थोरै हुँदा खर्च धान्न कठिन छ ।’ अन्नपुर्ण पोस्टबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...