News Portal

  • औषधि विभागले औषधि दर्ता गर्न आलटाल गरेपछि अवैध तरिकाले भित्रदै

    ८१७ पटक

    काठमाडौं, २८ साउन । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको रेमडिसिभिर औषधि दर्ता प्रक्रिया आलटाल गर्दा सो औषधि अवैध तरिकाले भित्रिने गरेको पाइएको छ ।

    स्रोतका अनुसार केही आयातकर्ताले रेमडिसिभिर नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन् । त्यसतो त, पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ ।

    रेमडिसिभर नामक औषधति दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले भित्रिएर कालोबजारी हुने देखिएको छ । अहिले परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ ।

    रेमडिसिभिर औषधी दर्ता हुनसके परभाइल सात हजार रुपैयाँसम्म ल्याउन सकिने आयातकर्ता बताउँछन् । अमेरिकाको जिलिड फर्माले उत्पादन गरेको रेमडिसिभिर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कोभिड–१९ का संक्तमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...