News Portal

  • भक्तपुरमा बुधबार ८ संक्रमित थपिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ साउन
    १३९६ पटक
    भक्तपुर, २८ साउन

    बुधवार भक्तपुरमा कोभिड १९ का ८ बिरामी बढेका छन् । यो संगै कूल संक्रमित संख्या ९७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भक्तपुरमा ८, ललितपुरमा २१ र काठमाडौंमा १११ गरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४० जना कोरोना पोजेटिभ पुष्टि भएका छन् ।

    यो संगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या करिब पन्ध्र सय पुगेको छ।

    बुधबार देशभर ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ। यो संगै देशभर कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमणबाट ९१ जनाले ज्यान गुमाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...