News Portal

  • प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित

    १०२३ पटक

    काठमाडौं, २९ साउन । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको छ । विभागले प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण स्थगन गरेको जनाएको हो ।

    ‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । विभागले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजूरी र सोसम्बन्धी कामलाई भने निरन्तरता दिने छ । समाचार पत्रबाट

    प्रतिकृया दिनुहोस्

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ...