News Portal

  • १६ किलो मल लिन १० घण्टा लाइन

    ९५८ पटक

    सिन्धुली, २९ साउन । धान बालीमा हाल्न युरिया मलको जोहो गर्न सिन्धुलीका किसान ज्यान जोखिममा राखेर लागी परेका छन् । बुधबार साल्ट्रेडिङको युरिया मल सिन्धुली आइपुगेको थाहा पाएपछि सयौं कृषक मल लिन लाइनमा लागेका हुन् ।

    जयबागवानी कृषि सहकारी संस्थाले ४ सय २० बोरा मल बिक्री गरेको थाहा पाएपछि जम्मा भएका कृषकले कोरोनाको प्रवाह नै नगरी भीडमा लाइन बसेका हुन् । सयौंको संख्यामा रहेका कृषकको भीडले ८ देखि १० घण्टासम्म उभिएरै लाइन बस्दा जम्मा १६ किलो मल पाएका छन् ।

    मल लिन तछाडमछाड नै भएपछि केही समय तनावग्रस्त अवस्थासमेत सिर्जना भएको प्रहरी जनाएको छ । मल थोरै आएको तर कृषकको माग धेरै भएपछि ५० केजीको एक बोरा मललाई भाग लगाएर तीन जना किसानलाई बिक्री गरिएको जयबागवानी कृषि सहकारी संस्थका प्रबन्धक सुवर्णराज न्यौपानेले जनाए ।

    झण्डै साढे तीन महिनापछि जिल्लामा मल आएकोले संक्रमणको बेवास्ता गरेर मलको जोहो गर्नु परेको कृषकको गुनासो छ । सरकारले किसानलाई बेवास्था गरेका कारण यस्तो अवस्था आएको उनीहरुको भनाइ छ ।

    कमलामाई नगरपालिका ६ अँधेरीकी ६५ वर्षीया वृद्धा सुन्तली नेपालीले ८ घण्टा उभिएर लाइनमा बस्दा जम्मा १६ किलो मल पाएको गुनासो गरिन्। उनले भनिन्, ‘मल नहाले धान फल्दैनन । धान नफले के खाने के गर्ने हो । मल लिन आयो । यत्रो दुख छ । त्यो पनि पुग्ने गरी पाइएन ।’ अन्नपुर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...