News Portal

  • कोरोनाले अनुसन्धान प्रभावित

    ६९८ पटक

    जनकपुर, २९ साउन । प्रदेश २ मा कार्यरत ९२ जना नेपाल प्रहरीमा हालसम्म कोरोना संक्रमण देखिएको छ ।

    प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता अंशु सिंहले जनाएअनुसार ३९ जना कोरोना जितेर अस्पतालबाट फर्किएका छन् भने ५३ जना अझै कोरोना अस्पतालको आइसोलेनसनमा उपचार गराइरहेका छन् ।

    तालिमे प्रहरी, प्रशिक्षक प्रहरी हवलदार तथा इन्स्पेक्टरसम्मलाई कोरोना लागेको हो । थुनुवामा कोरोना भेटिएपछि प्रहरी कार्यालय नै सिल गर्नु परेको अवस्था छ । प्रहरीलाई कोरोनो लागेपछि अपराध अनुसन्धान प्रभावित बनेको छ ।

    साउन ५ गते वीरगन्जस्थित श्रीपुरबाट लागूऔषधसहित पाँच जना भारतीय पनि पक्राउ परे । उनीहरूमाथि मुद्दा चलाइयो । अदालतमा पेस गर्न जाँच गर्दा तिनीहरूमा संक्रमण देखियो । त्यसपछि श्रीपुर वडा प्रहरी कार्यालयलाई सिल गरियो ।

    प्रहरी तालिम केन्द्र सप्तरीमा पनि कोरोना संक्रमण देखिएको छ । केही दिनपहिले धनुषास्थित जिल्लाा प्रहरी कार्यालयका प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भयो । धनुषामा ब्यारेक सिल गरियो भने राजविराजमा केन्द्र ।

    कोरोनाको जोखिम बढ्दै गएपछि अपराध अनुसन्धान गर्न कठिन बन्दै गएको प्रदेश प्रहरी कार्यालयका डीआईजी धीरजप्रताप सिंहले जनाएको छ । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...