News Portal

  • राती १२ बजेदेखि लागू हुनेगरी भक्तपुरकी सिडिअेा हुमकला पाण्डेद्वारा १० बुँदे निषेधाज्ञा जारी

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ३० साउन
    ३७७१ पटक
    भक्तपुर, ३० साउन

    भक्तपुरकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १० बुँदे निषेधाज्ञा जारी गरेकी छन् ।.कोभिड १९ रोकथाम र नियन्त्रणका लागि उनले शुक्रवार राती १२ बजेदेखि लागू हुने गरी १० बुँदे निषेधाज्ञा जारी गरेकी हुन् ।

    शुक्रवार एक सूचनामार्फत जारी आदेश अनुसार जिल्लाभित्र राती १२ बजेदेखि लागू हुने गरी केहि निश्चित क्रियाकलाप गर्न निशेष गरिएको हो । याे निषेधाज्ञा भदाै पन्ध्र गते राती १२ बजेसम्म रहने सार्वजनिक गरिएकाे छ ।

    जारी आदेश अनुसार खुल्ला स्थानमा मानिस भेला/जम्मा हुन, भिडभाड गर्न, सभा/जुलुस गर्न, जात्रा महोत्सव सञ्चालन गर्न, दैनिक नित्य पूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएकाे छ भने सबै प्रकारका सभा/गोष्ठी, तालिम, सेमिनार, हल/पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ । सङ्ग्रहालय, चिडियाखाना, फुटपाथ खुल्ला ठाउँ र ठेला गाडा तथा साइकलबाट सञ्चालित व्यापार/व्यवसाय, कवाडी सङ्कलन, स्वास्थ्य मापदण्ड विपरीत श्रमिक/कामदार ओसारपसार तथा टेकवेबाहेक होटेल/रेस्टुराँमा जमघट गर्न पनि नपाइने आदेशमा उल्लेख गरिएकाे छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर पाेस्टसंग कुरा गर्दै कोभिड १९ संक्रमण राेकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी भएकाे भन्दै यसकाे अक्षरश: पालना हुनुपर्ने प्रष्ट पारेकी छन् । अनुगमनलाई तीब्र बनाउने बताउँदै प्रजिअ पाण्डेले निषेधाज्ञा ताेड्नेलाइ संक्रामक रोग नियन्त्रण ऐन अनुसार १ सय जरिवाना, १ महिना कैद वा दुवै सजाय हुने जानकारी गराइन् ।

    पछिल्लो समय कोभिड संक्रमण दर बढेपनि मानिसहरुमा यसप्रतिको डर घटेका कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको देखिन्छ । संक्रामक रोग नियन्त्रणका लागि सिडिओलाई मूख्य जिम्मेवारी प्राप्त भएकोले सिडिओको सफलता र असफलतालाई पनि कोभिडसंग जोडिएर हेर्ने गरिएकाले सिडिओ कडा हुनुको बिकल्प छैन ।

    हेर्नुस् आदेश

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...