News Portal

  • छोरा आइसोलेसनमा, घरमा आमाको मृत्यु

    १०८४ पटक

    विराटनगर, साउन ३२ । कोरोना संक्रमण देखिएपछि उपचारका लागि आइसोलेसनमा भर्ना गरिएका विराटनगरका एक पुरुषकी आमाको भने घरमै मृत्यु भएको छ ।
    कोरोना शंकास्पद विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको शनिबार राति ९ बजेतिर आफ्नै घरमा भएको हो । कोरोना पुष्टि भएपछि उनका ५६ वर्षीय छोरालाई भने गत मंगलबार नै उपचारका लागि विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेनसमा भर्ना गरिएको छ ।

    छोरालाई आइसोलेसनमा भर्ना गरेर वृद्धाको भने पीसीआर परीक्षणका लागि बुधबार स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी वृद्धाको मृत्यु भएपनि अहिलेसम्म रिपोर्ट आइसकेको छैन ।

    कोरोना पुष्टि भएर छोरा आइसोलेसनमा पुगेपछि ती वृद्धाको स्याहारमा बुहारी खटेकी थिइन् । ढिलो रिपोर्ट प्राप्त हुँदा उनको शव व्यवस्थापन अन्योलमा परेको छ ।
    वृद्धाका छोरा प्रदेश १ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत हुन् । ती अधिकृत चालक र कार्यालयका अरु दुई जना अधिकृतसहित गत साउन १८ गते कृषि र भेटेरिनरीको अनुगमन निरीक्षणका लागि पहाडी जिल्ला ओखलढुंगा र सोलुखुम्बु गएका थिए ।

    कार्यालयको काम सकेर साउन २० गते विराटनगर फर्किएका चार जनामध्ये उनीसहित तीन जनालाई पहाडमै हुँदा ज्वरो आएको थियो । त्यसपछि कोरोनाको आशंकामा विराटनगर आएर ज्वरो आउनेहरुले गत सोमबार परीक्षणका लागि स्वाब दिएका थिए ।

    रिपोर्ट भोलिपल्ट मंगलबार पोजेटिभ आएपछि उपचारका लागि ती अधिृकतलाई भने आइसोलेनसमा भर्ना गरियो । उनीसँगै पहाडी जिल्लाको अनुगमनमा गएका चालकमा पनि कोरोना पुष्टि भइसकेको छ । परीक्षण गराएकामध्ये अर्का एक अधिकृतको रिपोर्ट भने नेगेटिभ आएको छ । एक जना अधिकृतले भने आफूलाई लक्षण नदेखिएको भन्दै पीसीआर परीक्षण नै नगराएको कार्यालयले जनाएको छ ।

    आइसोलेसनमा भर्ना गरेर ती अधिकृतको परिवारलाई पनि ‘कन्ट्याकक्ट ट्रेसिङ’ गर्दै परीक्षणको दायरामा ल्याइएको थियो । बुधबार उनकी वृद्धा आमा, श्रीमती, दाजु, भाउजू, छोरा तथा दाजुका छोरी र ज्वाईको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

    तर पीसीआर परीक्षणका लागि दिइएका आमासहित उनका पारिवारिक नाता सम्बन्धका ६ जनाकै रिपोर्ट चार दिनसम्म पनि प्राप्त भइनसकेको स्थानीय कुमार धमालले बताएका छ । अन्नपूर्ण पोस्ट्

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...