News Portal

  • १ हप्ता भित्र शैक्षिक क्यालेण्डर सार्वजनिक गर्न निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, 32 साउन
    १५९२ पटक
    भक्तपुर, 32 साउन

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एक हप्ता भित्र न्यूनतम ६ महिनाको कोभिड–१९ केन्द्रित शैक्षिक क्यालेण्डर र कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्री पोखरेलको प्रमुख अतिथ्यतामा विश्वविद्यालय अनुदान आयोगले आयोजना गरेको अनलाइन बैठकमा सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरुलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

    उनले अनलाइन भएन, इन्टरनेट भएन, सबै विद्यार्थीको पहुँचमा पुग्न सकिएन, विधुत भएन जस्ता बहाना नबनाउन पनि उपकुलपतिहरुलाई निर्देशन दिएका हुन् ।

    उक्त बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अबको न्यूनतम ६ महिनाको कोभिड–१९ केन्द्रित शैक्षिक क्यालेन्डर र कार्यतालिका एक हप्ताभित्र सार्वजनिक गर्न सम्पूर्ण विश्वविद्यालयका उपकुलपतिहरुलाई निर्देशन दिएका हुन् । मन्त्री पोखरेलले भने, ‘हामीले माहामारीको सामाना गरेको ५–६ महिना बितिसकेको छ । यो समयसम्म आइपुग्दा सबै विश्वविद्यालयले आफ्ना सम्पूर्ण विद्यार्थीहरुको ट्रयाकिङ्ग गरिसक्नुभयो भन्ने ठानेको छु ।’

    सम्पूर्ण विश्वविद्यालयले आफ्ना विद्यार्थीहरुलाई हामी अध्ययन गरीरहेका छौं भन्ने कुरा महशुस गराउन सक्नै पर्छ भन्दै मन्त्री पोखरेलले बहाना बनाउने छुट कसैलाई नभएको स्पष्ट पारेका थिए ।

    राष्ट्रिय योग्यता प्रारुप मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति आइसकेकोले यसको आधारमा विश्वविद्यालयले आफ्ना कामहरु अगाडि बढाउन पनि उनले निर्देशन दिएका थिए । विशेषतः शिक्षा संकायलाई प्रोफेसनल संकायको रुपमा विकास गर्दै अन्य पाठ्यक्रमहरु पनि समयअनुसार परिमार्जन गर्न जरुरी रहेकोमा उनको जोड थियो ।

    कोभिड केन्द्रित भएर शिक्षा नीतिलाई परिमार्जन गर्ने तयारीमा मन्त्रालय जुटेकोले समयमै सुझावहरु दिन अनुरोध समेत गरे । कुनै हालतमा शैक्षिक सत्र खेर नफाल्ने गरी मन्त्रालयले तयारी गरिरहेकोसमेत उनले स्पष्ट पारे ।

    उक्त अवसरमा विश्वविद्यालयका उपकुलपतिहरुले आ–आफ्ना विश्वविद्यालयहरुले अवस्थाको बारेमा शिक्षामन्त्री पोखरेललाई जानकारी गराएका थिए । उनीहरुले विद्यार्थीको ट्रयाकिङ्ग गर्न बाँकि रहेको, परीक्षा सम्पन्न भएकाहरुको नतिजा प्रकाशन गर्ने कार्य भइरहेको तर पासआउट हुने विद्यार्थीहरुको प्रयोगात्मक परिक्षा सञ्चालन गर्न समस्या रहेको, डाटासेन्टर नभएकोले साझा डाटा सेन्टर स्थापना गर्दा प्रभावकारी हुने लगायतका सुझाब र गुनासाहरु शिक्षामन्त्री समक्ष राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...