News Portal

  • पाटन दरबारमा बाँदरको वितन्डा

    इभक्तपुर संवाददाता
    ११६२ पटक

    ललितपुर, ३ भदौ । १६ औं शताब्दीमा बनेका मठमन्दिरहरूको छाना भत्काउन थालेपछि पाटन दरबार क्षेत्रमा बाँदर व्यवस्थापन जटिल बनेको छ । लकडाउनको बेला मानवीय गतिविधि कम भइरहेका बेला बाँदर आतंक बढेको हो ।

    मानिसको चहलपहल कम भइरहँदा बाँदरले हरेक दिन दुःख दिन थालेको दरबार हेरचाह, सम्पदा संरक्षण तथा पाटन संग्रहालय प्रमुख सन्दीप खनालले बताए । बाँदर व्यवस्थापन गर्न सरोकारवाला विभाग, मन्त्रालय, महानगरपालिका र चिडियाखानामा समेत खबर पुगेको छ । तर, कुनै पनि निकायबाट समाधानको विकल्प आएको छैन ।

    बाँदरलाई एक ठाउँबाट अर्काे ठाउँमा व्यवस्थापन गर्न मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने प्रावधान रहेकाले सम्पदा जोगाउन सकस भएको खनाल बताउँछन् । लकडाउनमा बाँदरले भत्काएका सम्पदा तीन पटक मर्मत गरिएको छ । खनालले भने, ‘सम्बन्धित निकायले तत्काल केही गरिदिए हुन्थ्यो’, बाँदरले दुःख दिँदा संग्रहालयको खर्च बढेको छ ।’ लकडाउनको समयमा बाँदरले तलेजु मन्दिर, मूलचोकका मन्दिरका धुरी भत्काउनुका साथै आसपासका दर्जनौं सवारीसाधनमा क्षति पु¥याएका छन् । तलेजु र मूलचोकका मन्दिर राजा श्रीनिवास मल्लका पालामा बनेका हुन् ।

    बाँदरले उप्काएको झिँगटीले लागेर एक जना स्थानीय घाइते भएपछि उनलाई उपचारसमेत गराइएको खनालले सुनाए । उनका अनुसार डेढ वर्ष अघिसम्म पाटन दरबार क्षेत्रमा करिब २० वटा मात्रै बाँदर थिए । अहिले एक सयभन्दा बढी छन् । कोरोनाको कारण सार्वजनिकस्थल सुनसान बन्न थालेपछि बाँदरको उपद्रो बढेको खनालको ठहर छ । बाँदरको संख्या बढिरहँदा पाटन दरबार घुम्न आउने पर्यटक र स्थानीयमा सुुरक्षाको जोखिम बढेको छ । बाँदरले वर्षौं पुराना सम्पदामा क्षति पु¥याउँदा कोरोना संक्रमणका बेला मर्मत गर्ने कामदार जुटाउन समस्या भएको छ । वर्षाले पनि मर्र्मतसम्भार गर्न समस्या भएको खनालले बताए ।

    सम्पदा र अन्य क्षतिबाट जोगाउन बाँदरलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न ललितपुर महानगरले वन मन्त्रालयलाई पटकपटक आग्रह गरेको छ । तर, कुनै जवाफ नआएको बताउँदै महानगरका एक अधिकारीले भने, ‘तत्काल समाधान खोजिएन भने बाँदरले पटकपटक दुःख दिइरहन्छ, ठूलै दुर्घटना निम्त्याउने निश्चित छ ।’ अन्नपूर्ण पोस्ट्

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...