News Portal

  • भदौ १० सम्म यी गतिविधि गर्न निषेध (हेर्नुस् १७ बुँदे निषेधाज्ञा)

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ३ भदौ
    १६६२ पटक
    भक्तपुर, ३ भदौ

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण उपत्यकामा पनि निरन्तर बढ्दो क्रममा छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई थप प्रभावाकरी बनाउन सोमबार सरकारले सिडिओहरुलाई थप अधिकार सहित निर्देशन दिएको छ ।

    सरकारको निर्देशन बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म एकसाताको लागि निषेधाज्ञा लागू हुने भएको छ । उपत्यकाका तीनै जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो।

    सोही बमोजिम सबै जिल्ला प्रशासन कार्यालयहरुले सार्वजनिक सूचना समेत जारी गरिसकेका छन् । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १७ बुंदे निषेधाज्ञा जारी गरेकी छन् । आज बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म एकसाताको लागि निषेधाज्ञा लागू हुने बताइएको छ ।

    संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बमोजिम निषेधाज्ञा जारी भएको र त्यसको उल्लङ्घन गर्ने जो कोही कारवाहीको भागीदार हुने भक्तपुरपोस्ट संग सिडिओ पाण्डेले भनेकी छन् ।

    राती १२ बजे देखि एकसाता अत्यावश्यक सेवा भनी तोकिएका बाहेक कार्यालय, व्यवसाय र सवारी साधन समेत संचालन गर्न पाइँने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता सेवालाई भने अत्यावश्यक सेवा मानि संचालनमा रोक लगाइएको छैन ।

    निषेधाज्ञा बमोजिम देहाय बमोजिमका गतिविधिहरू गर्न/गराउन निषेध गरिएको छ

    १.अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग व्यापार व्यवसाय सञ्चालन गर्न ।

    २ औषधि, खाधवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा वाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।

    ३. अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सवारी साधन भक्तपुर जिल्ला भित्र प्रवेश गर्न ।

    ४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न ।

    ५. कोभिड-१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा संचालन हुने सवारी साधन बाहेकको सवारी सञ्चालन गर्न ।

    ६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।

    ७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न ।

    ८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न ।

    ९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टियूशन सेन्टर, भाषा कक्षा लगाएतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न ।

    १०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङ्गपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न ।

    ११. फूटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न ।

    १२. होटेल, रेष्टुरा सञ्चालन गर्न ।

    १३. बैकिङ्ग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रबाह गर्नुपर्ने छ ।

    १४. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ ।

    १५. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ ।

    १६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानूनबमोजिम कारबाही हुनेछ ।

    १७. यस आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...