News Portal

  • भक्तपुरमा १५ संक्रमित थपिए

    भक्तपुर, ५ भदौं
    २२६५ पटक
    भक्तपुर, ५ भदौं

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १५ संक्रमित भक्तपुरका हुन् ।

    भक्तपुरमा १५,ललितपुरमा २५ र काठमाडौंमा १४२ गरी पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

    उपत्यकामा १८२ संगै पछिल्लो २४ घन्टामा देशभर ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना पुगेको छ । त्यसमध्ये १८ हजार २१४ उपचारपछि निको भएका छन्।

    पछिल्लो २४ घन्टामा नेपालमा एक महिला सहित ११ जना कोरोना संक्रमितको ज्यान गएको बताइएको छ। हालसम्म संक्रमणका कारण
    १३१ जना कोरोना संक्रमितको मृत्यु भएको सरकारी तथ्यांक छ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...