News Portal

  • शनिवार भक्तपुरमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिए

    भक्तपुरपोस्ट संवाददाता६ भाद्र २०७७
    २४६० पटक
    ६ भाद्र २०७७

    भक्तपुर । शनिवार भक्तपुरमा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । आज भक्तपुरमा ५० नयाँ संक्रमित थपिएका हुन् । यो अहिले सम्मकै बढी हो ।

    भक्तपुरमा ५० सँगै काठमाडौं उपत्यकामा थप २१६ जना कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६० जना र ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको हो । भक्तपुरमा मात्रै होइन् उपत्यकामा नै संक्रमण देखिएको सो संख्या अहिलेसम्मको उच्च हो।

    पछिल्लो विवरण अनुसार कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । जसमा सुनसरीमा २ जना, पर्सामा ३ जना, बारामा १ जना, सिराहामा १ जना, मकानपुरमा १ जना, भक्तपुरमा १ जनाको मृत्यु भएको छ।

    यो सँगै नेपालमा कोरोना संक्रमणबाट १ सय ४६ जनाको मृत्यु भएको छ।पछिल्लो २४ घन्टामा ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...