News Portal

  • रहेनन् भक्तपुरका जनयुद्धकालीन कम्युनिष्ट नेता प्रजापति

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, ७ भदौ
    १६०७ पटक
    मध्यपुर थिमि, ७ भदौ

    भक्तपुरका जनयुद्धकालीन कम्युनिस्ट नेता बालकृष्ण प्रजापतिको असमायिक निधन भएको छ । आइतबार बिहान उनको निधन भएको हो ।

    मध्यपुर थिमि वडा नम्बर ५ ताहननी स्थित निजी निवासमै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । कुनै स्वास्थ्य समस्या बिना नै करिब ६५ वर्षको उमेरमा निधन भएको उनको थिमि स्थित घाटमा अन्तिम सस्कार समेत सम्पन्न भएको बताइएको छ ।

    उनको अन्त्येष्टिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ता सहभागी भएका थिए । नेकपाका बागमती प्रदेश कमिटी सदस्य देवेन्द्र श्रेष्ठ, जिल्ला अध्यक्ष वचन देउजा,सचिव डीपी ढकाल, प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठ, मेयर समेत रहेका जिल्ला नेता मदनसुन्दर श्रेष्ठ लगायतले पार्टीको झन्डा ओढाएर उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

    प्रजापति तत्कालीन नेकपा (माओवादी)को जिल्ला नेता हुँदै हाल नेकपा भक्तपुरका जेष्ठ नेताकोरुपमा राजनीतिमा सक्रिय रहेका थिए । जनयुद्ध र विभिन्न आन्दोलनमा सक्रिय योगदान दिएका प्रजापतिको निधनले अपूर्णनीय क्षति भएको पार्टी सचिव डीपी ढकालको भनाइ छ । दिवङ्गत प्रजापतिका २ छोरा र ३ छोरीहरू छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...