News Portal

  • भक्तपुरमा १४ कोरोना संक्रमित थपिए

    भक्तपुरपोस्ट संवाददाता८ भाद्र २०७७
    ८९९ पटक
    ८ भाद्र २०७७

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा १४ जना कोरोना संक्रमित थपिएका छन् । भक्तपुरमा थप १४ सहित सोमवार काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ जना नयाँ संक्रमित थपिएको बताएका हुन् ।

    यस्तै देशभर ७४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...

    २९ उद्योगी व्यवसायीलाई ‘कर्पोरेट बिजनेश अवार्ड’

    काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान...