News Portal

  • भक्तपुरमा मात्र कोरोना संक्रमितकाे संख्या ३ सय

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ भदौ
    १०५५ पटक
    भक्तपुर, ९ भदौ

    पछिल्लो २४ घन्टामा भक्तपुरमा १४ सहित काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी गराएका हुन्। गाैतमका अनुसार भक्तपुरमा १४,ललितपुरमा १९ र काठमाडौंमा १९९ गरी २३२ जना कोरोना संक्रमित थपिएका हुन् ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या करिब ३७ सय पुगेको छ। जसमध्ये भक्तपुरमा मात्र संक्रमितकाे संख्या भने ३ सय जना रहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाकाे रेकर्डमा हालसम्म भक्तपुरमा संक्रमित हुनेकाे संख्या ३ सय भएपनि जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले भने भक्तपुरमा संक्रमित हुनेकाे संख्या ३ सय नपुगेकाे जिकिर गरेका छन् ।

    देशभर हालसम्म ३३ हजार ५ सय बढीकाे संख्यामा मानिसहरु काेराेना संक्रमित भएपनि १९ हजार बढी संक्रमितहरु संक्रमणमुक्त भएर घरमा रहेका र बाँकी आइसाेलेसनमा उपचाररत छन्। नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ रहेकाे छ । पछिल्लो २४ घण्टामा देशभर ७ जनाकाे मृत्यु भएसंगै मृतककाे संख्या १६४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...