News Portal

  • भक्तपुरमा ४१ कोरोना संक्रमित थपिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ भदौ
    १४२५ पटक
    भक्तपुर, ११ भदौ

    भक्तपुरमा ४१ सहित काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराए अनुसार आज देशभर १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रमित छन् ।

    काठमाडौं उपत्यकामा थपिएका मध्ये भक्तपुरमा ४१, ललितपुरमा ६६ र काठमाडौंमा २७० जना रहेका छन् ।

    त्यसैगरी कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर ५ सय ६९ जनाले कोरोनामाथि विजय प्राप्त गरेका छन्। योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ७३ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...