सरकारका प्रवक्ताले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती दिने विषयमा हल्का टिप्पणी गरेका छन् ।
अर्थ तथा सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेलनमा हल्का टिप्पणी गरेका हुन् । घिसिङ लाई पुन: नियुक्ती दिनुपर्ने भन्दै सामाजिक संजालमा मानिसहरुले बाक्लो जनमत देखाइरहदा प्रवक्ता खतिवडाले घिसिङलाई सरकारले पुनः नियुक्ती दिनेबारे कुनै छलफल नै नभएको भनेका छन् ।
‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ती दिएको होला । सरकारले दिएको छैन ।’ प्रवक्ता खतिवडाले बिहीबार पत्रकार सम्मेलनमा भने । सामाजिक सञ्जालले दिएको नियुक्ती सरकारलाई थाहा नहुने भन्दै उनले मन्त्रिपरिषद्मा यसबारे छलफल नै नभएको स्पष्ट पारे ।