News Portal

  • भक्तपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा. श्रेष्ठको ‘तिम्रो आँखाको भाकामा’ सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ भदाै
    २१२७ पटक
    भक्तपुर, १२ भदाै

    वरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका गीतकार डा.ध्रुव श्रेष्ठद्वारा रचना गरिएको नयाँ गीत ‘तिम्रो आँखाको भाकामा’ सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो

    गायक सनूप पौडेलको सुमधुर स्वरमा सजिएको उक्त गीतलाई सुमन रंजीतकारले संगीत भरेका छन् ।

    यो गीतको म्युजिक भिडियोमा रचनाकार डा श्रेष्ठ तथा उनकी धर्मपत्नी सरु बुढाथोकीलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।गीतकार डा.श्रेष्ठ सिद्धि स्मृति महिला तथा बाल अस्पताल र भक्तपुर जनस्वास्थ्यका वरिष्ठ बालरोग विशेषज्ञ हुन् । यो गीतको म्युजिक भिडियोलाई जीवन आचार्यले निर्देशन गरेका छन् ।

    गीतकार डा.श्रेष्ठले यो गीतलाई केहि वर्षअघि आफ्नी जीवन संगीनिलाई प्रेम अभिव्यक्त गर्नका लागि कविताको रुपमा रचना गरेको बताए । उनका अनुसार केही समय अघि साथीहरु सामु त्यही कवितालाई पाठ गर्दा संगीतकार सुमन रंजीतकारले यसलाई संगीतबद्ध गर्ने प्रस्ताव गरेपछि यो गीत बनेको हो ।

    शाष्त्रिय र पूर्वीय संगीतको संमिश्रण सहित संगीत संयोजक बिबेक शाक्यले गीतमा पृथक स्वाद दिने प्रयास गरेका छन् । गीतकार डा. श्रेष्ठ तथा संगीतकार एवं संगीत संयोजक बिबेक शाक्य भक्तपुर सांगीतिक समाजसंग आबद्ध रहेका अल्बर्ट बज्राचार्यले बताए ।

    हेर्नुस् गीत

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...