News Portal

  • नियुक्तिमा नयाँ नीति

    ८१९ पटक

    काठमाडौैं १३, भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । विश्वविद्यालयमा अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै विश्वविद्यालयले अब उत्कृष्ट विद्यार्थीलाई अध्यापनका लागि प्राथमिकता दिने गरी बाटो खोलेको हो । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शवलाल भुसालले विश्वविद्यालयका अतिरिक्त कक्षामा शिक्षकको व्यवस्थापन नयाँ तरिकाले गर्ने उद्देश्यले निर्देशिका जारी गरी कार्यान्वयनका लागि सबै क्याम्पस प्रमुखलाई पठाइएको जानकारी दिनुभयो । भदौ १ बाट लागू हुने गरी यो निर्देशिका जारी गरिएको जानकारी त्रिविले दिएको छ ।

    आंशिक शिक्षक अब करार नहुने
    नयाँ निर्देशिकाअनुसार अब विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार नबनाइने भएको छ । यसअघि आंशिक शिक्षकलाई करार गर्ने प्रावधान विश्वविद्यालयमा थियो । करार शिक्षकको सेवासमेत सुनिश्चित गरिएको थियो । अब भने नयाँ तरिकाले शिक्षक नियुक्ति र व्यवस्थापन गरिने भएको छ । सोअनुसार प्रतिक्रेडिट प्रणालीअनुसार कक्षा लिन प्रतिक्रेडिट १५ हजार रुपियाँका दरले र प्रतिपिरियड पाँच सय रुपियाँका दरले भुक्तानी दिने गरी शिक्षकलाई पारिश्रमिक दिइने भएको छ ।
    सेमेस्टर प्रणालीको हकमा पाँच महिना र वार्षिक प्रणालीको हकमा १० महिना अध्यापन गर्ने अवधिका आधारमा शिक्षकलाई भुक्तानी दिइने जनाइएको छ । एकै शैक्षिक सत्रमा तीन क्रेडिटभन्दा कम वा एक सय पूर्णाङ्कको कोर्स वा विषयभन्दा कम कक्षाभार लिने गरी कुनै पनि व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको अध्यापन कार्यमा सम्झौता गराउन नपाइने प्रावधान बनाइएको छ ।

    यसका साथै विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत भएका शिक्षक तथा त्रिवि सेवा आयोगले प्रकाशित गरेको नतिजामा वैकल्पिक सूचीमा रहेका व्यक्तिलाई अतिरिक्त कक्षा अध्यापनमा सहभागी गराउने नीति लिएको छ । विश्वविद्यालयले अवकाश प्राप्त शिक्षकले अवकाशपछि कक्षा लिन चाहेमा त्यस्ता शिक्षकबाट पनि सेवा लिने व्यवस्था मिलाउन मातहतका क्याम्पसलाई निर्देश गरेको छ ।

    केन्द्रीय कार्यालयको स्वीकृतिपछि त्रिवि सेवा आयोगको प्रक्रिया पूरा गरेर मात्र अतिरिक्त कक्षा व्यवस्थापनका लागि शिक्षक छनोट गर्न विश्वविद्यालयले क्याम्पसहरूलाई परिपत्र गरेको छ । यसअघि क्याम्पसले आफूखुसी शिक्षकको नयाँ भर्ना गर्ने गरेका थिए । अब पनि क्याम्पसले नै नयाँ शिक्षक नियुक्ति गर्ने भए पनि स्वीकृति लिनुपर्ने प्रावधानमा कडाइ गरिएको हो ।

    पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले विश्वविद्यालयबाट निर्देशिका प्राप्त भएको उल्लेख गर्दै यसको कार्यान्वयन सुरु हुने बताउनुभयो । अब क्याम्पसले आंशिक शिक्षक नियुक्ति गर्दासमेत सार्वजनिक रूपमा सूचना गर्नुपर्ने, उम्मेदवारको कक्षा प्रस्तुति र अन्तर्वाता गरेर मात्र छनोट गर्नुपर्ने भएको छ । अन्य निकायमा कार्यरत व्यक्ति भएको अवस्थामा विज्ञका रूपमा मात्रै नियुक्त गर्न पाइनेछ ।

    यसअघि स्वीकृति लिएर प्रक्रियाबाट छनोट भएका शिक्षक तथा २०७२ असार मसान्तसम्म प्रक्रियागत रूपमा छनोट भएका शिक्षकलाई कोर्स सम्झौता गर्न सकिने जनाइएको छ । २०७२ असारपछि नियुक्त भएका आंशिक शिक्षकका हकमा भने सम्बद्ध विभागीय प्रमुखले शिक्षकको आवश्यकता पुष्टि हुने गरी आगामी असोज १५ भित्र सिफारिस गर्नुपर्ने तय गरिएको छ । ती शिक्षकको पनि नियुक्ति प्रक्रिया भने मिलेको हुनुपर्ने जनाइएको छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    खसीबोका चोरेर मासु बेच्ने गिरोह भक्तपुरमा समातियो

    भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरीएको गुनासोले गर्दा सक्रिय प्रहरीले चोरीमा संलग्न दुई...

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने...

    गृहमा रविले नसकेको रेकर्ड राख्न श्रेष्ठ सफल : पहिलो निर्णयले नै जोगियो देशको दैनिक पाँच लाख

    गृह मन्त्रालय सम्हाल्न पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा गृहमन्त्री र गृहसचिवले खर्च गर्न पाउने...

    अरनिको हाइवेस्थित पलासेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन

    भक्तपुरको अरनिको हाइवेस्थित सूर्यविनायक ९ पलासेचोकमा सवारी दुर्घटना हुँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ...

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...