News Portal

  • आफ्नै साला अपहरण गरी फिरौती माग्ने भिनाजु पक्राउ

    १२२६ पटक

    बाँके, १३ भदौ । आफ्नै सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने भिनाजुलाई प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिरलाई नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका २७ वर्षका भिनाजु कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए । अपहरणमा परेका बालकको भने तीन दिनपछि सकुशल उद्दार गरिएको छ । खजुरा (५) रजनवा गाउँमा मेला हेर्न गएको बालकलाई कलिमले अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएका थिए ।

    सालालाई अपहरण गरेका कलिमले ससुरालीमा फोन गरेर १० लाख रुपैयाँ फिरौती मागेका थिए । घटनाको पत्तो पाए लगत्तै बालकको खाजीमा जुटेको प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । कलिमको साथबाट प्रहरीले अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल र फिरौती माग्न प्रयोग भएको मोबाइल बरामद गरेको छ ।

    ससुराली पक्षले १० भदौमा जग्गा किन्नका लागि ४ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको थाहा पाएपछि सो पैंसाकै लागि कलिमले सालालाइृ अपहरण गरेको अनुसन्धानमा खुलेको खबर आएको छ । समाचार पत्रबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...