News Portal

  • एघार हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार

    ४७२ पटक

    चौतारा, १४ भदौ । सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका २३३ बस्तीका नागरिकहरू सुरक्षित स्थानको खोजी गरिरहेका छन् । असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका–५ जम्बुलगायत पुरै वडा जोखिम भयो । जम्बुको पहिरोमा दुई जनाको मृत्यु भयो, १७ जना बेपत्ता भए भने सोही वडामा एक हजार ५० घर जोखिम अवस्थामा छन् । जम्बु, कसेरी, बुकाम, खागदललगायतका पूरै बस्तीमा क्षति पुगेको छ । मान्द्रा, गाती, सोताङ, हुन्दुङ, अरुचेलगायत दर्जन बस्ती जोखिममा रहेको नगरपालिकाले जनाएको छ । बाढी र पहिरोले नगरभित्रका पाँच हजार पाँच सय सय बढी परिवार जोखिमयुक्त बस्तीमा रहेका छन् ।

    जुगल गाउँपालिकाले पनि यो वर्ष बाढी पहिरोबाट ठूलो क्षति व्यहोर्यो । जुगल गाउँपालिका–२ लिदी पहिरोमा ३७ घर पुरिए भने ३३ को मृत्यु भयो र छ जना बेपत्ता छन् । पहिरो गएकै स्थानमा १७२ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको थियो । लिदीसँगै नाम्फामा एक सय ६०, सञ्चगाउँमा १०७, नेम्लुङलगायत २९ बस्तीका ८५३ घर जोखिममा रहेको गाउँपालिकाले जनाएको थियो ।

    सुरक्षित स्थान नै नभएको भनिएको भोटेकोशी गाउँपालिकाको दर्जनौँ जोखिमयुक्त बस्तीमा सात सय परिवार छन् । तातोपानी भन्सारको सुख्खा बन्दरगाह र आफन्तको शरणमा दैनिकी बिताइरहेका भोटेकोशीका नागरिकहरूलाई एकीकृत र सुरक्षित जग्गाको खोजी भइरहेको गाउँपालिका अध्यक्ष राजकुमार पौडेल बताउनुहुन्छ । भोटेकोशी र ब्रम्हायणी नदीले तटीय क्षेत्रमा निरन्तरको कटान भोगिरहेको बलेफी गाउँपालिकामा एक हजार २२ घर जोखिममा रहेको गाउँपालिकाको तथ्याङ्क छ । बलेफीको ५५ बस्ती बाढी र पहिरोको जोखिममा छन् । सिमासिङमा एक सय, चिलाउनेमा १२५ सहित ०७१ म जुरे पहिरोले क्षति गरेको ड्यामसाईड र नदी किनारका बस्तीहरू निकै जोखिममा रहेका छन् ।

    पहिरोको उच्च जोखिममा रहेको पााचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवासहित सात बस्तीका एक सय ४४ घर जोखिमको लिस्टमा छन् । हेलम्बु गाउँपालिकामा २० बस्तीका तीन सय ९३, ईन्द्रावती गाउँपालिकामा दश बस्तीका ६६, सुनकोशी गाउँपालिकाको सात बस्तीका ३०६, लिसङ्खुपाखर गाउँपालिकाको १७ बस्तीका ८४३ र त्रिपुरा सुन्दरी गाउापालिकाको १८ बस्तीका ९६ घर बाढी र पहिरोको जोखिममा रहेको स्थानीय तहले जनाएका छ । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...