News Portal

  • २० करोडको स्वदेशी स्यानिटाइजर खपत

    ७५७ पटक

    काठमाडौं, १४ भदौ । स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो ।

    नेपाल औषधि उत्पादक संघका अनुसार चैतयता २० करोड रुपैयाँबराबर स्यानिटाइजरको कारोबार भएको अनुमान छ । उत्पादन र कारोबार अनियन्त्रित रूपमा भइरहेकाले संघसँग यकिन तथ्यांक भने नरहेको संघका पूर्वअध्यक्ष दीपक दहालको भनाइ छ । ‘सामान्य अवस्थामा वार्षिक ४–५ करोड रुपैयाँ हुने गरेकोमा यसपालि निकै कारोबार भएको देखिन्छ’, पूर्वअध्यक्ष दाहालले भने।

    केही साबुन उद्योगले आफ्नो उद्देश्य थपेर मास्क र स्यानिटाइजरसमेत उत्पादन गरिरहेका छन् । बजारको मागलाई ध्यानमा राखेर हिमगिरि हाइजिनले मास्क र स्यानिटाइजर दुवैको उत्पादन सुरु ग¥यो । बजारको मागभन्दा चार गुणा बढी उत्पादन गर्न सकिने कम्पनीका सञ्चालक महेशकुमार जजुको दाबी छ । वार्षिक उत्पादन १ हजार २ सय मेट्रिक टन छ । उनले उद्योगले निर्यातका लागि अनुमति माग गरेको सुनाए ।

    फलामे छड र सिमेन्ट उद्योेगमा लगानी गरिरहेको जगदम्बा समूहले मास्कमा लगानी गरेको छ । उसले २० करोड लगानी रहेको एन ९५ र केएन ९५ मास्क उत्पादन गरिरहेको छ । महामारी बढ्दै जाँदा नेपालमा मास्क, स्यानिटाइजरलगायत सामग्रीको आयात बढेको छ । साउनमा मात्रै २४ करोड ९७ लाख ५६ हजार रुपैयाँको यस्ता सामग्री भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

    नेपालकै उत्पादन पर्याप्त भए पनि विदेशबाट निर्बाध रूपमा स्यानिटाइजर तथा मास्क भित्रिरहेको व्यवसायी बताउँछन् । गुणस्तरमा ध्यान नदिँदा कमसल सामग्री सस्तो मूल्यमा पाइने भएकाले स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको संघका महासचिव विप्लव अधिकारीले बताए । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...