News Portal

  • संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु

    ८१९ पटक

    काठमाडौं, १४ भदौ । देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ ।

    पछिल्लो एक सातामा ६१ जना संक्रमितको मृत्यु भएको छ । गत आइतबार तीन, सोमबार आठ, मंगलबार सात, बुधबार ११, बिहीबार आठ, शुक्रबार १२ र शनिबार १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    काठमाडौं उपत्यकामा पछिल्लो एक सातायता शनिबार सबैभन्दा कम जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उपत्यकाभित्र शुक्रबार थप १ सय ८६ जनामा संक्रमण देखिएको हो ।

    यसअघि गत आइतबार पनि कम मात्रामा १ सय ८६ जनामा नै संक्रमण देखिएको थियो । पछिल्लो एक सातामा उपत्यकाभित्र १ हजार ९ सय २१ जना संक्रमित थपिएका छन् ।

    उपत्यकाभित्र गत आइतबार १८६, सोमबार ४१५, मंगलबार ३७७, बुधबार ३०१, बिहीबार २३२ र शुक्रबार २२४ जनामा संक्रमण देखिएको थियो । हालसम्म काठमाडौं उपत्यकामा ४ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत काठमाडौंमा ३ हजार ९६०, ललितपुरमा ६०६ र भक्तपुरमा ४३१ जनालाई संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म देशभर २० हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये ५५ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक सातामा मात्रै देशभर २ हजार २ सय ५ जना डिस्चार्ज भएका छन् । गत आइतबार २ सय ८१, सोमबार १ सय ७५, मंगलबार ३१३, बुधबार ३८५, बिहीबार ५६९, शुक्रबार १६९ र शनिबार ३१३ जना संक्रमणमुक्त भएका छन् । पछिल्ला केही दिनयता संक्रमितमा लक्षण देखिन थालेको छ ।

    शनिबार देशभर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ९७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत २२ जना भेन्टिलेटरमा र १ सय ७५ जना संक्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ७८ जना र १७ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेश १ मा १५ जना आइसियुमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

    मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १७ आइसियु र २ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा २४ आइसियुमा र सबैभन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत छन् । संक्रमणदर बढ्न नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने र जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...